बुटवल।
प्रदेश ५ को प्रदेश सभाको बैठकले सरकारले पेश गरेको ‘बिनियोजन विधेयक २०७६’ पारित गरेको छ ।
विधेयकमाथिको छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले आ आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा वजेटको कमि भएको देखि
राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष दलका रुपमा सदस्यहरुबीच वजेटको बिषयलाई लिएर आरोप–प्रत्यारोप समेत गरेका थिए ।
विपक्षी दलका प्रदेशसभा सदस्यहरुले वजेट बितरणमुखी,असन्तुलीत,कनिका छरेको जस्तो,विपक्षी दललाई उपेक्षा गरिएको जस्ता आरोप लगाएका थिए ।
किसानहरुले अनुदानमा प्राप्त हुने सेवा सूबिधा लिन बाट बन्चित भएको,खेति लगाउने समयमा सधै मलखाँद र बिउ बिजनको
अभाव हुने गरेको भन्दै त्यसको सहज व्यवस्था गर्ने व्यवस्था मिलाउन तथा सिंचाइको उचित प्रवन्ध मिलाउन माग गरेका थिए ।
नदिजन्य पदार्थको अनियन्त्रित दोहन र अबैध निकासी रोकेर राजश्व बृद्धि गर्ने तर्फ प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिदै जडिबुटी
निकासीमा हुदै आएको अवरोध हटाउन पहल गर्न माग गरेका थिए ।
सामाजिक विकास मन्त्रालयसँग सम्बन्धि छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले प्रादेसिक अस्पताल र जिल्ला अस्पतालहरुको
अवस्था सुधार गरेर जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने आवश्यकता औल्याएका थिए ।
८४ बर्ष उमेर पुगेकाहरुलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम अन्तर्गत उनिहरुको स्वास्थ्य जाँच मात्र गर्ने कार्य भएको
भन्दै औषधि समेत उपलब्ध गराउने व्यवस्था गर्न र ८४ बर्ष पुगेकालाई मात्र नभएर ८० बर्ष कटेकालाई घरमै स्वास्थ्य उपचारको व्यवस्था
गर्न माग गरे ।
आधारभूत तहका विद्यालयहरुको अवस्था दयनीय रहेको भनदै प्रदेशसभा सदस्यहरुले प्रदेशले आधारभूत र माद्यमिक तहका विद्यालयहरुको
अवस्था सुधारकालागि वजेट विनियोजन गर्नपर्नेमा जोड दिए ।
भौतिक पुर्वाधार विकास मन्त्रालयसँग सम्बन्धि छलफलमा सहभागि प्रदेशसभा सदस्यहरुले गत आर्थिक बर्षदेखि सुरु भएका क्रमागत योजनाहरुमा
समेत कम बजेट छुट्टाइएको गुनासो गरे ।
छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्रिहरुले सिमित स्रोतका कारण प्रदेशसभा सदस्यहरुले ल्याएका सबै योजनाहरुमा वजेट
विनियोजन गर्न असमर्थ रहेको बताउदै आवस्यकताका अधारमा प्राथामिकीकरण गरेर क्रमश योजना समावेश गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाहरुलाई सुझावको रुपमा ग्रहण गरेर अगाडी बढ्ने बताउदै मन्त्रीहरुले प्रदेशको आवधिक योजनाले
प्राथमिकीकरण गरेका योजनालाई प्राथमिकता दिएका कारणकेही क्रमागत रुपमा सञ्चालीत योजनामा वजेट कम भएको जानकारी गराएका थिए ।
यसैबीच विनियोजन विधेयकमाथि प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेटको ठूलो हिस्सा प्रदेशको समृद्धिसँग जोडिएका विषयका लागि नै विनियोजन गरिएको बताउनु भएको छ ।
प्रदेशसभाकोको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले बजेटको चाँपका कारणले पनि कतिपय विषयलाई कम महत्व दिइएको बताउनु भयो ।
उहाले अहिले आएको बजेट भन्दा ठूलो आकारमा बजेट परिचालन गर्ने गरी प्रदेश सरकार लागिरहेको बताउनु भयो।