बुटवल, असार–९
केहि दिन अघि गुल्मीको धुर्कोट गाउँपालिका स्थित एक मन्दिरमा जातिय विभेद गर्ने पुजारीले माफी मागेका छन ।
धुर्कोट गाउँपालिका–५, वस्तुमा रहेको कालिका मन्दिरका पुजारी झविन्द्र पोखरेलले आगमी दिनमा जातिय विभेद नगर्ने भन्दै असार ३ गते विहान वडा सदस्य टिकाराम बिश्वकर्माका ५ महिनाका नाती ग्रेशन बिश्वकर्मालाई अलग्गै टिका दिएर विभेद गरेको प्रति माफी मागेका हुन ।

उक्त दिन नाती गे्रशनलाई लिएर सिता बिश्वकर्मामा त्यस मन्दिरमा गएकी थिईन । अरु बालबलिकालाई मन्दिर भित्र राखेर टिका लगाई दिएको र ग्रेशनलाई अलग्गै दुनामा टिका अक्षता दिएको प्रति सिता बिश्वकर्माले विरोध जनाउँदै घटना बाहिर आएको थियो ।
घटना बाहिर आए लगत्तै धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र ृउपप्रमुख शिवबहादुर खत्रीको ध्यानकृष्ट भएको थियो ।
उनिहरु दुबै जनाले आईतवार दुबै पक्ष बिच छलफल गराई आगमी दिनमा कसै प्रति जातिय विभेद गरिए कानुन अनुसार कार्बाही गरिने चेतावनी दिईएको थियो ।
‘त्यस मन्दिरमा मात्र होईन धुर्कोटका कुनै पनि स्थानमा जातिय विभेद भएको पाईए हामी कानुन अनुसार कार्बाहीका लागि सिफारिस गर्ने छौं , –गाउँपालिका प्रमुख पोखरेलले भने

वस्तुको जेष्ठनागरिक दिवा सेवा केन्द्रमा वडाध्यक्ष डुण्डिराज भण्डारी, वडा सदस्य नरहरी भण्डारी, वडाहरु सदस्य विष्णुमाया भण्डारी, सरस्वती बिक सुनार त्यस मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लगायतको टोली र
पीडित पक्ष बसेर अब देखि व्यवस्थापन समितिले जुन सुकै बेला सबैलाई टिका लगाई दिने र अन्य जातिय विभेद हुने कुनै प्रकारको क्रियाकलाव नगरिने लिखित सहमति भएको वडा सदस्य टिकाराम बिश्वकर्माले जानकारी दिए ।
‘त्यस मन्दिरमा मात्र होईन धुर्कोटका कुनै पनि स्थानमा जातिय विभेद भएको पाईए हामी कानुन अनुसार कार्बाहीका लागि सिफारिस गर्ने छौं , –गाउँपालिका प्रमुख पोखरेलले भने–‘वस्तुको कालिका मन्दिमा भएको जातिय विभेदका सम्वन्धमा हिजो दुबै पक्षलाई जुटाएर त्यस मन्दिरमा पुजा ब्यवस्थापन समितिले सबैलाई टिका लगाई दिने सहमति गराईएको छ । ’