मधुसुधन पाण्डे ,
सम्पादकीय
आजभन्दा करिव २० बर्षअघि नेपालमा टेलिफोन टेलिभिजन मोबाइल लगायत इलेक्ट्रोनिक समान कमै मात्रामा प्रयोग गरिन्थ्यो।
ग्रामीण भेगका जनतालाई फोनमा कुराकानी र टेलिभिजनका दृश्य अनौठो लाग्थ्यो।तर आज २० बर्ष पछाडि सुचना प्रविधिको यति विकास भएको छ कि मानौ त्यसले ठुलै अंश ओगटेको छ।
बर्तमान समयमा बढ्दो सुचना प्रविधिले ग्रामिण तथा स्थानीय भेगमा निकै प्रभाव र असर परेको देखिन्छ।ग्रामिण भेगमा पुरुष महिलाबिच सम्बन्ध बिच्छेद गर्ने त सामान्य
क्रियाकलाप बनिसकेको छ। अहिलेको सन्दर्भमा हरेक व्याक्तिको हात हातमा मोबाइल नभएको मान्छे सायद विरलै मात्र देख्न पाईन्छ।
मानौ १४- १५ बर्षका केटाकेटीदेखि लिएर ६५-७० बर्षका बृद्दबृद्दासम्म पनि मोबाइल छन् अझ स-साना केटाकेटीसग त अहिले स्मार्ट फोन अथवा टच स्क्रिन मोबाइल छन्।
अहिलेका अधिकास युवायुवती भरपुर रुपमा सामाजिक सञ्जालमा व्यस्त देखिन्छन् सामाजिक सञ्जाल भन्नाले फेसबुक,ट्विटर,ईन्स्टेग्राम,ईमो,भाईवर,वाटसप लगायत पर्दछन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा त बर्तमान समयमा पुरुष भन्दा महिला बढी सम्बन्ध बिच्छेद गर्ने र परपुरुषसग सम्बन्ध गास्ने प्रचलन बढिरहेको छ। नेपालमा बेरोजगारीको कारण आफ्नो श्रीमती लाई घरमै छाडी प्रदेशमा जान्छन्
अधिकास युवाहरु उनीहरु ५०(६० डिग्रीको चर्को गर्मीमा जेनतेन थोरैधेरै कमाउन थाल्छन् तब घरमै बसेका महिलाहरुलाई बजार झलमल्ल लाग्न थाल्दछ त्यसपछि उनीहरु आफ्नो श्रीमानलाई बजारमा बसाल्न प्रेसर गर्छन् अलिकति पैसा कमाएपछि दुख कस्ले गर्छ र श्रीमान पनि हुन्छ भन्ने सल्लाह सुझाव दिन्छ उसलाई थाहा हुदैन कि उसले मप्रति विस्वासघात गर्दिन भनेर तब श्रीमती बजारमा बस्न थाल्छिन उनलाई समय विताउन गार्हो पर्छ अनि सामाजिक सञ्जालमा कसैसग कुरामा व्यस्त हुन थाल्छिन
कुराकानी हुँदै गएपछि मायाप्रेमले जरा फैलाउदै जान्छ । जब विदेशबाट श्रीमान् फर्किने समय हुन्छ त्यो समयमा न पैसा हुन्छ न त सम्पत्ति नै त्यसपछि उनी उसैसग सम्बन्ध गास्छिन ।
जब श्रीमान् फर्किर आउँछ न श्रीमती न सम्पत्ति नै अन्तिममा पुरुष नै पिडामा पर्दछ ।
बढ्दो सुचना प्रविधिले केही त विकास गर्यो तर विकासको नाममा विनाश पनि भएको छ
हामी युवायुवतीले पनि धेरै समय प्रयोग गर्ने सामाजिक सञ्जाल बिस्तारै कम गरै सञ्जालबाट हुने बिकृतिबाट टाढै रहौ।