काठमाडौ
असार १०
सुनको मूल्य मंगलबार अहिले सम्मकै महंगो भएको छ । सुनको मुल्यले नया रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ ।
मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् । गत बिहीबार देखि सुनको मूल्य आकाशिन थालेको थियो ।
बुधबार ६३ हजारमा कारोबार भएको सुन बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेर ६४ हजार पुगेको थियो ।
शुक्रबार पुनः प्रतितोलमा एक हजार रुपैयाँले बढेर ६५ हजार पुग्यो ।
शुक्रबारदेखि सोमबार प्रतितोला रु ६५ हजारमा स्थिर रहेको मूल्य मंगलबार पुनः ५ सय रुपैयाँले बढेको हो । सुनको मूल्य बढ्नेक्रम नरोकिएपछि राजधानिका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको भिड लागेको छ । सुन नभई नहुनेहरुले पनि सुन खरिदको मात्रा घटाएको व्यवसायीहरुले बताएका छन् ।
नेपालमा मात्रै होइन विश्व बजारमा नै सुनको भाउ इतिहासकै सबैभन्दा महँगो भएको छ । एसियन र लन्डन बजारमा सुनको भाउ सोमबार ०।८ प्रतिशतले बढेर १४१० डलर प्रति औंस कायम भएको छ ।
सुनको मूल्य बढ्नुको मुख्य कारणको रुपमा अमेरिकी फेडरल बैंकले आफ्नो ब्याजदर परिवर्तन गर्न लिएको नीति, अमेरिका–इरान तनाव र अमेरिका–चीन व्यापार युद्धलाई मानिएको अन्तर्रािष्ट्रय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
चाँदी भने गएको शुक्रबारदेखि नै तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
सुनको मूल्य मंगलबार अहिले सम्मकै महंगो भएको छ । सुनको मुल्यले नया रेकर्ड कायम गरेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको बजार मूल्य प्रतितोला ६५ हजार ५ सय तोकेको छ ।
मंगलबारका लागि तोकिएको सुनको प्रतितोला मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।