काठमाडौं ,
असार १०
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ ।
सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले गोली हानी हत्या गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको थियो ।
विप्लव नेतृत्वको नेकपा देशका कयौँ स्थानमा बम आतंक मच्चाएको छ।
विप्लवका कार्यकर्ताले देशका प्रमुख शहरी क्षेत्रमा रिमोट कन्ट्रोल बम, टाइम बमदेखि कुकर बमसम्म राखेर जनजीवन आतंकित बनाएका छन ।
यो पटक अघिल्लो पटकको बन्दका क्रममा जस्तै अप्रिय घटना भएनन्।
अघिल्लो पटकको बन्दको अघिल्लो दिन टाइम बम बनाउँदै गर्दा काठमाडौंमा ५ जनाले ज्यान गुमाएका थिए।
मंगलबारको बन्दका क्रममा प्रहरीले विभिन्न जिल्लाबाट विप्लवका दर्जनौँ कार्यकर्तालाई पक्राउ गरेको छ।
प्रदेश नम्बर ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पनि चार ठाउँमा बम भेटिएको छ ।
ती बम नेपाल बन्दलाई लक्षित गरेर जनजीवन त्रसित बनाउन राखिएको थियो ।
छत्रदेव गाँउपालिका ५ र ७ र मालारानी गाँउपालिका१ को वडा कार्यालयमा सकेट बम फेला परेको हो ।
तीनवटा वडा कार्यालयसहित छत्रदेव गाउँपालिका ७ को मडेलचौरमा लु १ क २२३८ नम्बरको एक्साभेटरमा भेटिएको सकेट बमलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले निष्कृय पारेको छ ।
यस्तै पाल्पाको रामपुरस्थित सहिद क्याम्पस हाताभित्र सोमबार राति अज्ञात समूहले सिलिण्डर बम विस्फोट भएको छ ।
सिलिण्डर विस्फोटमा विप्लवका कार्यकर्ताको हात रहेको अनुमान गरिएको छ। सोमबार राति साढे १० बजे मोटरसाइकल र स्कुटरको टायर बालेर सिलिण्डर विस्फोट गराएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।
अछाममा वडा कार्यालय जलाइयो बन्दका क्रममा अछाममा दुईवटा वडा कार्यालयमा आगजनी भएको छ।
नेपाल बन्दका क्रममा र अघिल्लो दिन देशभरबाट प्रहरीले विप्लवका कयौँ कार्यकर्तालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका प्रवक्ता ९डीआईजी० विश्वराज पोखरेलले देशभरबाट विप्लवका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाका अनुसार राजधानीको सुकेधाराबाट विप्लवका कार्यकर्ता भागिराज राई पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लवका लागि चन्दा असुलीमा संलग्न एक ट्याक्सी चालकलाई पक्राउ गरेको छ।
प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरीका अनुसार देशका विभीन्न ४० बढी स्थानमा शंकास्पद बस्तु फेला परेका छन्। जसमा ९ वटा शंकास्पद वस्तु आतंक फैल्याउन नक्कली बम राखेको पाइएको छ। अरु बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन प्रभावित
देशका कयौँ स्थानमा बम आतंक