राधा पोख्रेल ,
गुल्मी , असार १० –
गुल्मीको छत्रकोट गाउपालीकाले आर्थिक वर्ष २०७६ ७७ को बजेट गाउसभामा पेश गरेको छ ।

गाउपालीका उपाध्यक्ष नर्मदा भण्डारीले ३६ करोड ७२ लाख २५ हजार ५ सय ९७ रुपैया ५० पैसा बराबरको अनुमानीत बजेट गाउसभामा पेश गर्नुभएको हो ।
गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षतामा बजेट गाउसभामा पेश गरिएको हो । गाउपालीकाले आर्थिक बिकास तर्फ ३ करोड २५ लाख ७० हजार बजेट बिनियोजन गरेको छ ।
कृषिलाई प्राथमिकतामा राखी न्युनतम चार सय व्यवसायिक कृषकहरुमाझ कार्यक्रम पुर्याउन ,उत्कृष्ट कृषकलाई पेन्सन दिनुका साथै कृषि औजार र प्रविधिका लागि कृषि र पशुपालन क्षेत्रमा ७३ लाख बजेट बिनियोजन गरेको छ ।
पर्यटनमा १० लाख तथा सहकारीको लागी ५ लाख बजेट बिनियोजन गरेको छ । यस्तै समग्र पुर्वाधार क्षेत्रको बिकास को लागि ५ करोड ९६ लाख ९० हजार बजेट बिनियोजन गरेको छ ।
यस्तै सामाजिक बिकासको लागि ३ करोड १६ लाख ९० हजार बजेट बिनियोजन गरेको छ ।
यता बन, वातावरण र बिपद व्यवस्थापनका लागि ३९ लाख ५० हजार बजेट बिनियोजन गरेको छ । यस्तै गाउपालीकाले संस्थागत बिकास तथा सुसाशन को लागि ८८ लाख २५ हजार ५ सय ९७ रुपैया पचास पैसा बजेट बिनियोजन गरेको छ ।

यसैबिच छत्रकोट. गाउपालीकाले आज ९मंगलबार० उत्कृष्ट नतिजा ल्याउने बिद्यालय, शिक्षक तथा बिद्यार्थिहरुलाई सम्मान गरेको छ ।

साथै उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पनि सम्मान तथा पुरस्कार बितरण गरेको छ ।

कार्यक्रमको रुरु एफले प्रत्यक्ष प्रसारण गरेको थियो ।
यसैबिच गुल्मीको रुरु गाउपालीकाले पनि आर्थिक वर्ष २०७६ ७७ को बजेट गाउसभामा पेश गरेको छ ।

गाउपालीका उपाध्यक्ष लक्ष्मी पन्तले ३७ करोड १६ लाख १८ हजार बराबरको अनुमानीत बजेट गाउसभामा पेश गर्नुभएको हो ।