असार ११, २०७६ –
रुपन्देही र दाङ चट्याङले लागेर ६ जनाको ज्यान गएको छ । ४ जना घाइते भएका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिका २ का ६० वर्षीय नन्दराम अर्याल, सैनामैना ७ का ६२ वर्षीय चन्द्रबहादुर विक र गैडहवा ७ का २५ वर्षीय भगवानदास लोधको चट्याङ लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार घरको खेतमा काम गरीरहेको बेला मंलबार साँझ परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सियारी गाउँपालिका २, की १४ वर्षीया ममता साहनी, वडा नम्बर ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको उपचार भइरहेको छ ।
यस्तै दाङको राप्ती गाउँपालिकामा चट्याङले लागेर राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको चट्याङ लागेर ज्यान गएको छ ।
त्यसै ठाउँका अविनाश चौधरी गम्भीर घाइते भएका छन् ।
यसैबिच
अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।
अछाम को चौरपाटी गाउँपालिका–३, शोकट मुली कोलगैरामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो ।
से १ त ७८३९ नम्बरको ट्रयाक्टर बुधबार बिहानै दुर्घटना हुँदा तीन जना विद्यार्थीको ज्यान गएको हो । दुर्घटनामा परि चार जना विद्यार्थी घाइते भएका छन् ।
ज्यान गुमाउनेमा चौरपाटी गाउँपालिका–२ मा रहेको दशपल्ले माविवाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर बोगटीले जानकारी दिनुभयो ।
त्यसै ठाउँका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । मंगलबार बेलुकी स्कुलको छेउमा खेलिरहेको बेला चट्याङले लागेको हो ।
लमही अस्पतालमा घाइतेको उपचार भैरहेको छ ।