काठमाडौ ,
असार १३ –
सरकारले आजदेखि देशभर वृक्षारोपण अभियान सुरु गरेको छ । हरेक वर्ष असार १४ गते लाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षमा ३ करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कोटेश्वर क्षेत्रमा फलफूलको बिरुवा रोपेर शुभारम्भ गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले गत वर्ष ५ जुनदेखि नै एक नेपाली एक फलफूलका बिरुवा रोप्ने अभियान सुरु गर्नुभएको थियो । त्यही अभियानअन्तर्गत देशभरमा गरी २३ लाख फलफूलको बिरुवा रोपिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्ष २०७६÷०७७ लाई ’वृक्षरोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षरोपण अभियान सुरु हुन लागेको हो । वृक्षारोपण कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले विभिन्न ९ स्थानमा ’क्लस्टर’ निर्धारण गरेको छ ।
लुम्बिनी क्षेत्र लगायतका पवित्र धार्मिक स्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा समेत फलफूल तथा औषधिजन्य बिरुवा रोप्ने निर्णयसमेत सरकारले गरेको छ ।
केन्द्र सरकारले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, कर्मचारी, सातवटै प्रदेश, स्थानीय तह, विश्वविद्यालय, संस्थान, वन उपभोक्ता समिति र गैरसरकारी संस्थाहरुलाई पनि आ- आफ्नो क्षेत्रमा वृक्षरोपण गर्न निर्देशन दिएको छ ।
यसैबिच गुल्मीको रुरु गाउपालीका वाड नंम्बर ४ को श्रृङगेश्वर सामुदायिक बन को सेती ढुङगामा बृक्षारोपण गरिएको छ ।
बृक्षारोपण दिबसको अबसरमा आज सत्यवति सब बन डिभिजन कार्यलयको आयोजनामा आधुनिक सल्लो र सुनकाउलीको १५० वटा बिरुवा रोपिएको हो ।
बृक्षारोपण कार्यक्रममा बन अधिकृत पलमान सेर्बुजा र मुना शर्मा , नेपाल पंक्षी संरक्षण संयोजक भरत पन्थी लगायत ४२ जनाको सहभागिता रहेको थियो ।
बनजगंल मासिदै गएको अबस्थामा बन जोगाउनको लागि बृक्षारोपण गरिएको श्रृङगेश्वर सामुदायिक बन समितिका अध्यक्ष शिव शर्मा ज्ञवालीले जानकारी दिनुभयो ।