धादिङ,
असार १४ –
पास्नीको भोज खादाँ धादिङमा ३७ जना बिरामी परेका छन् ।
गजुरी गाउँपालिका वडा नं ५ चिसापानी मा पास्नीको भोज खादाँ ३७ जना बिरामी परेका हुन् ।
स्थानीय बाबुलाल मिजारको नातिनीको हिजो असार १२ गते गरिएको पास्नीको भोज खादाँ हिजो बेलुकाबाट उनिहरु बिरामी पर्न थालेका थिए ।
निको नभएपछि केहीलाई गाउँमै उपचार गराइएको छ भने केहीलाई गजुरीमा लगिएको छ ।
रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २३ जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मी बोलाएर उपचार भइरहेको गजुरी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष रारामचन्द्र मिजारले जानकारी दिनुभयो ।
भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन्।
एकै पटक धेरै जना बिरामी हुँदा फुट प्वाइजन भएको हुनसक्ने अनुमान गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डा। कृष्णलाल उप्रेतीले जानकारी दिनुभयो।
बिरामीमध्ये ५ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । १६ महिला र ९ जना पुरुषको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
धादिङमा पास्नीको भोज खादाँ ३७ जना बिरामी परेका छन् ।
गजुरी गाउँपालिका वडा नं ५ चिसापानी मा पास्नीको भोज खादाँ ३७ जना बिरामी परेका हुन् ।
स्थानीय बाबुलाल मिजारको नातिनीको हिजो असार १२ गते गरिएको पास्नीको भोज खादाँ हिजो बेलुकाबाट उनिहरु बिरामी पर्न थालेका थिए ।
निको नभएपछि केहीलाई गाउँमै उपचार गराइएको छ भने केहीलाई गजुरीमा लगिएको छ ।
रिङगटा लाग्ने, ज्वरो आउने, पेट पोल्ने, वाकवाकी लाग्ने समस्या भएपछि २३ जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने १४ जनाको भने गाउँमै स्वास्थ्यकर्मी बोलाएर उपचार भइरहेको छ
भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन्।