१४ असार,
काठमाडौं –
काठमाडौंको जमलमा कार दुर्घटना भएको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।
ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।
कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्याएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।
चालकसहित जिपमा सवार व्यक्तिहरु नै फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो । कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ ।
उक्त कार गलत लेनमा गएर होटल एलो प्यागोडा अगाडिको सडकको रेलिङमा ठोक्कीएको छ । दुर्घटनाको तस्वीर हेर्दा कारको इन्जिन सडकमै उछिट्टिएको देखिन्छ र फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको छ ।
दुर्घटनाको क्रममा कारको ठक्करबाट सडक किनारमा रोकि राखेको एक पर्यटक माइक्रोमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
काठमाडौंको जमलमा कार दुर्घटना भएको छ । केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको हो ।
ट्राफिक प्रहरीले यस कार दुर्घटनालाई ‘भयानक’ भनेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन ।
कारमा तीन जना रहे पनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्याएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।
चालकसहित जिपमा सवार व्यक्तिहरु नै फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
चालकले मापसे गरेर गाडी चलाउँदा दुर्घटना भएको हो ।