युगराज बस्याल
असार १४ रिडी गुल्मी
गुल्मीको रिडीमा डिप बोरिङ्ग बाट खानेपानी सुभारम्भ गरिएको छ ।
एक समारोहका बिच प्रदेश नं. ५का भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरी थारुले प्यानल बोर्डको स्विच थिचेर खानेपानी लिफ्टिङ्ग गरि डिप बोरिङ्ग बाट खानेपानी सुभारम्भ गर्नुभएको हो ।
खानेपानीको समस्या भोगिरहेका रिडीबासीलाई रिडी खोला किनार बाट १५० मिटर जमिन मुनिबाट, डिप बोरिङ्ग गरि पानी, पुरानो आयोजनाको टंकीमा लिफ्टिङ्ग गरि स्थानियलाई बितरण गरिएको छ ।
आयोजनाबाट २५० बढी घर लाभान्वित भएका छन ।
रिडी बजार डिप बोरिङ्ग खानेपानी आयोजनाको सुभारम्भ गर्दै मन्त्री चौधरीले ५५ बर्ष देखिको रिडीको खानेपानी समस्या आफ्नो ५५औ सुभ जन्म दिनको अवसरमा सुभारम्भ गरि समाधान गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो ।
रिडी वामी सडक यसै बर्ष कालोपत्रे गर्न प्रदेश नं.५सरकारले १४ करोड रुपैया बिनियोजन गरेको, रिडीको पुरानो झोलुङ्गे पुल मर्मत गरि पैदल यात्रा सुचारु गर्न आवस्यक रकमको ब्यवस्था गरिएको, रिडी बजारको पश्चिम भागको बाटो पक्कि गर्ने कामको सुरुवात भएको, तानसेन तम्घास सडक बाट ऋषिकेश मन्दिर जाने बाटाको पिच गर्ने कामको सुरुवात भएको, छत्रकोट गाँउपालिकाको दौघामा पनि यसै बर्ष बाट खानेपानी समस्या समाधान हुने बताउनु भयो ।
कार्यक्रका बिषेश अतिथि प्रदेश सांसद एवं बिषेश अधिकार समितिका अध्यक्ष कमल श्रेष्ठले रिडीको समग्र बिकासको लागि मास्टर प्लान तयार गरिएको र सोहिका आधारमा रिडीको बिकास हुने बताउनु भयो ।
रुरुक्षेत्र गाँउपालिका अध्यक्ष निलकण्ठ गौतमले गाँउपालिकाको घर घरमा धारा योजनालाई रिडी बजार डिप बोरिङ्ग खानेपानी आयोजनाले गति दिएको बताउनु भयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीका प्रमुख एवं ईन्जिनियर अनुज उपाध्यायले डिप बोरिङ्ग बाट निकालिएको पानी सुद्ध र गुणस्तरको रहेको बताउनु भयो ।
समाजसेबी एवं पुर्व गाबिस अध्यक्ष केसरमान श्रेष्ठले कार्यक्रमा स्वागत गर्दै २०७५/७६ को रिडीमा प्रदेश सरकारबाट बिनियोजित बजेट फ्रिज भएकोमा चिन्ता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम समाजसेबी हिमाल श्रेष्ठले संचालन गर्नु भएको थियो ।
रिडी बजार डिप बोरिङ्ग खानेपानी आयोजना अध्यक्ष फर्सुराम पौड्ययालले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।