कमल पौडेल,
१४ असार ,बागलुङ –
६७ औं मदन भण्डारीको जन्म जयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा नेपाल कम्यूनिष्ट पार्टि ९नेकपा० खर्वाङको आयोजनामा खर्वाङको कालिरह क्षेत्रमा वृक्षारोपण गरिएको छ।
सो कार्यक्रममा नेकपाका प्रदेश कमिटि सदस्य प्रदिप खरेलले जननेता मदन भण्डारीको योगदानको चर्चा गर्नुभएको थियो।
विक्रम संवत २००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
कुशल नेता र प्रखर वक्ताको रुपमा परिचित भण्डारीले तत्कालीन समयमा भाषण र व्यक्त गरेका विचारको अझैसम्म चर्चा हुने गरेको छ ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य विना थापा, ढालेन्द्र शेरचन, गाउँकमिटि सदस्य विष्णु केसि, कृष्ण प्रसाद खरेल लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
सो अवसरमा पिपल, कुटमेरा, खन्यू, इपिलिपिल लगाएतका ५० विरुवा रोपण गरिएको थियो।
कार्यक्रम वडा संगठन कमिटि अध्यक्ष खगिश्वर अर्याल ९विष्णु० को अध्यक्षता, सचिव फारम थापाको स्वागत मन्तव्य तथा महलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
यसैबिच राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा गुल्मीको छत्रकोट गा पा वडा न २ पाल्टुङ मा वृक्षारोपण गरेर कार्यक्रमको सुभारम्भ गरिएको छ ।
बर्दिया क्षेत्र न ज्ञ प्रदेश सभा सदस्य तिलक राम शर्मा ,प्रदेश सदस्य कुल प्रसाद पोखरेल को उपस्थिति मा छत्रकोट गा पा अध्यक्ष मदुकृष्ण पन्थ लगायतले वृक्षारोपण गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको हो ।
यस्तै गुल्मीको रुरु गाउपालीका वाड नंम्बर ४ को श्रृङगेश्वर सामुदायिक बन को सेती ढुङगामा बृक्षारोपण गरिएको छ ।
बृक्षारोपण दिबसको अबसरमा आज सत्यवति सब बन डिभिजन कार्यलयको आयोजनामा आधुनिक सल्लो र सुनकाउलीको १५० वटा बिरुवा रोपिएको हो ।
बृक्षारोपण कार्यक्रममा बन अधिकृत पलमान सेर्बुजा र मुना शर्मा , नेपाल पंक्षी संरक्षण संयोजक भरत पन्थी लगायत ४२ जनाको सहभागिता रहेको थियो ।
हरेक वर्ष असार १४ गते लाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गर्दै सरकारले आगामी तीन वर्षमा ३ करोड फलफूलका बिरुवा रोप्ने लक्ष्य लिएको छ ।