अर्घाखाची
असार १४, घनश्याम पौडेल –
सिद्धेश्वर स्मार्ट कृषि गाउँ पाणिनि गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
नेपाल सरकार प्रदेश नम्बर ५, भुमि कृषि तथा सहकारी विकास मन्त्रालयको सहयोग र सिद्वेश्वर स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रामजि घिमिरेले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले प्रदेश सभा अन्तर्गत पाणिनिको धातिवाङ्गलाई नमुना स्मार्ट कृषि गाउँ बनाउनका लागि कार्यक्रम अगाडि बढाएको बताउनुभएको छ ।
पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले पाणिनि गाउँपालिका दूध, मासु, अण्डामा आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले कृषि र पशुपालनबाट मात्रै समृद्ध गाउँ बनाउन सकिने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मि गौतमले स्मार्ट कृषि कार्यक्रमले आत्मनिर्भर बन्नका लागि टेवा पुग्ने बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्र, वडा अध्यक्ष शुभबहादुर सारू, समाजसेवी मणिराम पौडेल, थानेश्वर पौडेल, शोभाखर पौडेल, मित्रदेव पौडेल, हिमलाल पौडेल, प्रेम पौडेल लगाएतले मन्तव्य राख्नुभयो ।
कार्यक्रम स्मार्ट कृषि गाउँ कार्यान्वयन समितिका अध्यक्ष पुष्कर पौडेलको अध्यक्षता, सचिव कमला पौडेलको स्वागत र पत्रकार घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।