तिलाचन पाण्डे
असार १५ , गुल्मी –
५ नं प्रदेशको मुख्य मन्त्री ग्रामीण बिकास कार्यक्रम गुल्मीका तीन स्थानीय तहमा
लागु भएको भएपनि यसको प्रभाब परिणममुखी भएको छैन ।
गुल्मी जिल्लाका तीन वटा गाउँपालिकामा आर्थिक सामाजिक सुचकका आधारमा कमजोर भएका गाउँपालिकाका समुदाय ,
घरपरिवार वा ब्याक्तिको गुणस्तरिय शिक्षा , स्वास्थ्य , रोजगारी आयआर्जनका अबसरहरु तथा
सामाजिक संरक्षणका कार्यक्रम मार्फत जीबनस्तर सुधार गरी गरिबी निवारण गर्ने उद्देश्य सहित कालिगण्डकी , मालिका र मदाने गाउँपालिकामा यो कार्यक्रम लागु भएको हो ।
मालिका गाउँपालिकामा आएको ५० लाख , मदानेमा आएको ४६ लाख ८० हजार र कालीगण्डकीमा आएको प्रदेश सरकारबाटको ५० लाख रुपैयाँ सकिएको छ ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम संचालन कार्यबिधि २०७५ को परिच्छेद ३ को लक्षित समुहमा गरिबीको समस्याबाट आक्रान्त घरपरिवार ,
असाहय , जेष्ठ नागरिक , एकल महिला , बालबालिका र अपांगता भएका ब्याक्तिका घरपरिवार , दलित , पिछडीएका समुदाय तथा सुरक्षित बसोबास नभएका परिवार ,
कुनै प्रकोप तथा घटनाबाट घरबारबिहीन भएका परिवारमा यो कार्यक्रम संचालन हुने स्पस्ट लेखिएको छ ।
कालीगण्डकी गाउँपालिकाको यो कार्यक्रम बिशेष गरी खडगकोटमा लागु भएको गाउँपालिकाले जनाएको छ ।
प्रदेशबाट आएको ५० लाखमा उसले खडगकोटका लागि १४ वटा बिधुतीय आरा , खडगकोट र अर्बेनीको भएकोटमा एक घर एक करेसाबारी संचालनका लागि ४ लाख , पलम्बिङ तालिम र
मोवाइल बनाउने , खडगकोटमा बगुंर र बोका बितरण , तालिम स्वास्थ्य स्यंमसेबिकालाई झोला बितरण गरि कार्यक्रम सकिएको
मुख्यमन्त्री कार्यक्रमका समाजसेबी सामाजिक कार्यकर्ता एबम खडगकोटका स्थानीय रामजी ढकालले बताए ।
यस्तै मालिका गाउँपालिकाले शिक्षाा स्वास्थ्य , कृषि लगायतका कार्यक्रममा लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए ।
यता मदाने गाउँपालिकाले भने बाख्रापालन , खोरनिर्माण बर्थिङ सेन्टर ब्यबस्थापन संगै मलागीरीमा साम्रगी खरिद , पुर्कोटदहमा बेबी वाार्मर खरिद , मलागीरी मै गर्भवती
महिलाहरुको लागि अण्डा र र्हलिक्स बितरण , पुर माध्यमिक बिधालयमा स्वास्थ्य सचेतनाका कार्यक्रम , पशुस्वास्थ्य शिबिर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुरेश भण्डारीले जानकारी दिए ।
मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम जिल्ला ब्यबस्थापन समितिका संयोजक एबंम जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले यस बर्ष सुरुवाती कार्यक्रम भएकाले कार्यक्रम सोचेअनुसार गर्न नसकिएको बताए ।