धादिङ,
असार १५ –
बस र दुईवटा माइक्रोबस ठोक्किँदा धादिङमा २ जनाको मृत्यु भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा काठमाडौंबाट चितवन तर्फ जादै गरेको
लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको
बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी नुभयो ।
मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेकी छन् ।
उनीहरुको शव गजुरी अस्पतालमा राखिएको छ ।
दुर्घटनामा तीनवटा गाडीमा सवार ३२ जना घाइते भएका छन् ।
घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ । ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदी अस्पतालमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
बा ३ ख १००४ नम्बरको बसका चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षका रबिन खड्कालाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।
माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।