गुल्मी ,असार १५,
कालीदास आत्रेय
गुल्मीको छत्रकोट गाउपालीकामा बैकल्पीक उर्जा अन्तर्गत सोलार बत्ती र धुलो रहित चुलो बितरण कार्यक्रम सम्पन्न भएको छ ।

बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा छत्रकोट गाउपालीकाका सबै वडाहरुमा रहेका दलित र जनजातिलाइ लक्षित कार्यक्रम अन्तर्गत ३०० घर परिवारलाई सोलार बत्ती र ५ सयघर परिवारलाइ धुवा रहित चुलो बितरण गरिएको छ ।

गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तको बिशेष पहलमा छत्रकोट गाउपालीकाको माग बमोजिम सबै वडाहरुमा सो कार्यक्रम सन्चालन गरिएको हो ।

आफ्नो घरमा सोलार बत्ती र धुवा रहित चुलो जडान भएपछि स्थानियहरु हर्षित भएका छन ।
