गुल्मी ,
असार १५ –
गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय र वडा स्तरीय उत्कृष्ट कृषक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
कृषि तथा पशुपालन पेसालाई व्यावसायिक, प्रतिस्पैधि र मर्यादित पेशाको रुपमा विकास गर्ने र यसमा संलग्न कृषकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्री अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष राधिका अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी, वडा अध्यक्ष कार्यपालिका सदस्य, क्रियाशील राजनीतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रमुख तथा प्रतिनिधि र गाउँपालिका मा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले राख्नु भएको थियो ।
पुरस्कृत तथा सम्मान हुनेमा
गाउँपालिका स्तरीय
१. गाउँपालिका अध्यक्ष सर्बोकृस्ट कृषकमा उत्तम बहादुर खत्री ९तरकारी खेति पुरस्कार राशि रु ७५०००
२. उपाध्यक्ष उत्कृस्ट कृषक लवसन महत ९ कुखुरापालन० पुरस्कार राशि रु ५००००
वडा स्तरीय
१.नं वडा अध्यक्ष सर्बोकृस्ट कृषक धन बहादुर गुरुङ ९बाख्रापालन पुरस्कार राशि रु २००००
२.नं वडा अध्यक्ष सर्बोकृस्ट कृषक वसन्त गौतम ९तरकारी खेति पुरस्कार राशि रु २००००
३. नं वडा अध्यक्ष सर्बोकृस्ट कृषक टेक बहादुर थापा ९गाईपालन पुरस्कार राशि रु २००००
५. नं वडा अध्यक्ष सर्बोकृस्ट कृषक हरि बहादुर कार्की ९भैसीपालन पुरस्कार राशि रु २००००
६. नं वडा अध्यक्ष सर्बोकृस्ट कृषक प्रेम बहादुर गौतम ९भैसीपालन पुरस्कार राशि रु २००००
७ नं वडा अध्यक्ष सर्बोकृस्ट कृषक भिम बहादुर क्षेत्री ९ कुखुरापालन पुरस्कार राशि रु २००००
३. नं वडा अध्यक्ष उत्कृस्ट कृषक ईश्वर सिंह खत्री ९तरकारी खेति पुरस्कार राशि रु १००००
४. नं वडा अध्यक्ष उत्कृस्ट कृषक डिल बहादुर राना ९बाख्रापालन पुरस्कार राशि रु १००००
५. नं वडा अध्यक्ष उत्कृस्ट कृषक प्रेम प्रसाद शर्मा ९माछापालन पुरस्कार राशि रु १००००
६. नं वडा अध्यक्ष उत्कृस्ट कृषक सुवाष सार्की ९तरकारी खेति पुरस्कार राशि रु १००००
७. नं वडा अध्यक्ष उत्कृस्ट कृष्ण प्रसाद भण्डारी९तरकारी खेति पुरस्कार राशि रु १००००
८.नं वडा अध्यक्ष उत्कृस्ट कृषक बाबुराम बोहरा ९सुन्तला खेति पुरस्कार राशि रु १००००
कार्यक्रम समापन गर्दै अध्यक्ष खत्रीले पुरस्कृत हुने सम्पुण कृषकहरुलाई बधाई दिदै आगामी दिनमा पनि गाउँपालिकालाई कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि गर्दै पालिकालाई आत्मनिभर बनाउन तर्फ लाग्न सबैलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रम पशु सेवा प्राविधिक वसन्त रावतको सन्चालनमा सम्पन्न भएको थियो ।