गुल्मी ,
असार १६ –
१६ औ धान दिबश आइतबार मनाइयो तर गुल्मीमा २५ प्रतिशत मात्रै धान रोपाइ भएको छ ।
गुल्मीमा खेतिको कुल क्षेत्रफल १० हजार ४ सय ४० मध्ये २ हजार ६ सय १० क्षेत्रफलमा धान रोपाइ सकिएको हो ।
कुल खेति योग्य जमिन ७५ हजार ४३।६ हेक्टर रहेको छ । जसमध्ये १० हजार ६ सय २७ हेक्टर जमिन सिंचित छ ।
मध्यगर्मीको यो समयमा युवा र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् भन्ने मान्यता छ । दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही९चिउरा खाई असार १५ मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।
शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ
आइतबार बिभिन्न स्थानमा धान दिबस मनाइयो यसैक्रममा धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराको साथ चन्द्रकोट गाउँपालिका गुल्मीले शान्तिपुरमा १६ औ धान दिवस मनाएको छ।
गाउँपालिका अध्यक्ष दोर्ण खत्री, उपाध्यक्ष राधिका अर्याल तथा सम्पूर्ण वडाका वडा अध्यक्षहरु, सदस्यहरु साथै स्थानिय बासिन्दाहरुको सहभागितामा धान दिवस मनाएको हो ।
यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका ८ बर्दियामा गरिएको थियो ।
कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल ९बलदेव०, कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद ९नार्क०का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगेको थियो।
सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्ष समेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्व समेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिएकाले आगामी दिनहरुमा धानखेतीको प्रवर्द्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको बताएका छन ।
धान नेपालको अर्थतन्त्रको मुख्य स्रोत भएकोले यसको आयात रोकेर उत्पादन कसरी बढाउन सकिन्छ भन्ने तर्फ केन्द्रित भएर सरकारले योजना बनाएको छ ।