युगराज बस्याल ,
गुल्मी ,
असार १६ –
छत्रकोट गाउपालीका गुल्मीले बितरण गरेको सोलार बत्ती र आधुनिक धुवा रहित चुल्हो बितरणमा अनियमितता भएको भन्दै नेपाली काङग्रेश छत्रकोट गाउपालीका छाया सरकारले ध्यानाकर्षण भएको जनाएको छ ।
बैकल्पीक उर्जा बाट प्राप्त ५ सय थान चुल्हो र ३ सय थान सोलार बत्ती सेट बितरण गर्दा वडाहरुमा समानुपातीक बितरण नभएको , एकै परिवारका व्यक्तिले दोहोरो सुबिधा लिएको , स्थाइ बसोबास नभएका लाई पनि सुबिधा दिइएको र हर्दिनेटा वडालाई मात्रै प्राथमिकता दिएको भन्दै नेपाली काङग्रेश छत्रकोट गाउपालीका छाया सरकारको ध्यानाकर्षण भएको छाया सरकार प्रमुख अनन्त पौडेलले जानकारी दिनुभयो ।
छत्रकोट गाउपालीकाको प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण पन्तले भने मागको आधारमा बितरण गरिएको ,करिब ६ सय ५० थानको माग भइ आएकोमा उनिहरु सबैलाई मागको आधारमा सोलार बत्ती र आधुनिक धुवा रहित चुल्हो बितरण गरिएको र बाकी रहेका करिब एक सय पचास थान पहिले माग गर्नेलाई मागकै आधारमा बितरण गरिएको बताउनुभएको छ ।
वडा अध्यक्ष पन्तले पछि माग बढेपछि उपलब्ध गराउन नसकिएको बताउनुभयो ।
गाउपालीका अध्यक्ष मधुकृष्ण पन्तले यसपटक बैकल्पीक उर्जाबाट प्राप्त सोलार सेट र आधुनिक चुल्हो जम्मा ८ सयको संख्यामा मात्र प्राप्त भएको र पहिले माग संकलन गर्दा यति ठुलो संख्यामा माग नआएको बताउनुभयो । उहाले थप माग गरि बाकी रहेकाहरुलाई उपलब्ध गराइने बताउनुभयो ।
सोलार बत्ती र आधुनिक धुवा रहित चुल्हो नपाएपछिका अनुहार
करिब ५० लाख मुल्य बराबरको ४ वटा बत्ती बल्ने २० वाटको सोलार सेट र आधुनिक धुवा रहित चुल्हो बैकल्पीक उर्जाको अनुदानमा छत्रकोट गाउपालीकाले बितरण गरेको थियो ।
गाउपालीकामा सोलार सेट र आधुनिक धुवा रहित चुल्हो लिन पुग्नेको भिड लागेको थियो ।
स्थानियले आफुहरुले पहिले थाहा नपाएको र छिमेकिहरुले प्राप्त गरेको देखेपछि मात्रै थाहा पाएको बताएका छन ।