गुल्मी,
असार १७ –
जनजागृति माध्यमिक बिद्यालय छत्रकोट १ हुगा गुल्मीमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
जेष्ठ सदस्य तिलकराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेमलाल भण्डारी, महेश्वर भण्डारी, वडा अध्यक्ष धातानन्द भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यस्तै प्रधााध्यापक कमला भण्डारीले बिद्यार्थिहरुको नतिजा बिश्लेषण सहित बधाइ तथा शुभकामना मन्तव्य सगै अभिभावकहरुलाइ धन्यावाद ज्ञापन गर्नुभएको थियो ।
इश्वरी प्रसाद भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम कुल प्रसाद भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिद्यार्थि, अभिभावक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।
शिक्षक अभिभावक सघंका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
यसअघि रिडि माध्यमिक बिद्यालय रिडि गुल्मीमा पनि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा SEE मा सफल ५५ जना बिद्यार्थिहरुलाई सम्मान तथा शुभकामना दिइएको थियो ।
कार्यक्रममा गरिब ,दलित, असहाय, जेहेन्दार र अपाङग बिद्यार्थिहरुलाई १ लाख ६२ हजार रुपैयाको छात्रबृति बितरण पनि गरिएको थियो ।
यस्तै ३ जना बिद्यार्थिहरुलाइ शैक्षिक सामाग्री समेत बितरण गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल कसजुको अध्यक्षता रहेको कार्यक्रममा छात्रबृति व्यवस्थापन समितिका अध्यक्ष केशरमान श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो ।
बिद्यालयका प्रधानाध्यपक रोहित भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम शिक्षक बिष्णु प्रसाद भण्डारीको सन्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच जनबोध माध्यमिक बिद्यालय रुरु क्षेत्र गाउपालीका रानीबास गुल्मीमा पनि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा गाउपालीकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरिको प्रमुख आथित्यता रहेको थियो ।
शिक्षक ज्ञानु गिरिको स्वागत तथा देबिराम कुवरको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यार्थि, अभिभावक, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।