राधा पोख्रेल ,
गुल्मी, असार १७ –
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ सहकारी महाशाखाको आयोजना र जिल्ला सहकारी सघं गुल्मीको समन्वयमा एक दिने अन्तरक्रिया कार्यक्रम तम्घासमा जारी छ ।
कोष परिचालन तथा व्यवसायिक सहकारीता बिषयक अन्तरक्रिया कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख अमर राज शर्माको अध्यक्षता, प्रदेश नम्बर पाँचका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल को प्रमुख आथित्यता , प्रदेश सभा सदस्य खड्रक के सि को बिशिष्ट आथित्यता रहेको छ ।
कार्यक्रममा सहकारी सघ प्रदेश नम्बर पाँचका अध्यक्ष प्रेम सुबेदि , मन्त्री पौडेलका स्वकिय सचिब सुर्य रोकाय, सहकारी महाशाखा प्रमुख ज्ञानहरी पन्थी, रेसुङगा नगरपालीकाका मेयर डिल्लीराज भुषाल, सहकारी सघं गुल्मीका अध्यक्ष लगायतको सहभागिता रहेको छ ।