काठमाडौ
असार १९ ,
राष्ट्रिय सभाको बैठक बस्दै आज बस्दैछ । बैठकमा बिनियोजन विधेयक, २०७६ का विषयमा छलफल हुँदैछ ।
बिहान ११ बजे बस्ने राष्ट्रियसभाको बैठकमा बिनियोजन विधेयक, २०७६ का विभिन्न शिर्षकमा छलफल हुने लागेको हो ।
आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शिर्षकहरुमाथि छलफल हुनेछ ।
यसैबिच आज संसदका विभिन्न समितिहरुको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने विकास तथा प्रविधि समितिको बैठकमा स्मार्ट लाइसेन्स, विद्युतिय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे छलफल हुँदैछ ।
छलफलमा भौतिक पूर्वाधार मन्त्री रघुविर महासेठ समेत आउनु हुनेछ । यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ ।
आजै विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ ।