बुटवल
असार १९
बुटवलमा कारको ठक्करबाट बिहान एकजनाको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल को पाखापानी मा कारको ठक्करबाट स्कुटर चालकको ज्यान गएको हो ।
दुर्घटनामा परि सैनामैना नगरपालीका –४ का स्कुटर चालक २६ बर्षिय अजित सलामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको उपचारको क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
लु १ च १५८८ नम्बरको कार र लु ३६ प ४३१४ नम्बरको स्कुटर बिहान ३ बजे एकआपसमा ठोक्किएका थिए।
स्कुटरमा सवार सैनामैना ४ का २२ बर्षिय सन्जय पटेल र २६ वर्षीय विक्रम थारु घाइते भएको ट्राफिक प्रहरी बुटवलले जानाकारी दिएको छ।
पश्चिमबाट बुटवल जादै गरेको लु१च १५८८ नंको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठक्क्र खाँदा दुर्घटना भएको हो ।
उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ।