अनिल खत्री
१९ असार, गुल्मी –
कपाल काट्ने व्यवसायमा गुल्मीमा नेपाली युवाहरुको आकर्षण बढेको छ ।
लामो समयदेखि भारतिय नागरिकले मात्रै गर्दै आएको कपाल काट्ने व्यवसाय प्रति नेपाली युवाहरुको आकर्षणले वढेको हो ।

जिल्लाको सदरमुकाम तम्घासमा खोलिएका कपाल काट्ने पसलहरु अघिकांश नेपाली युवाहरुको संख्य बृद्धि हुन थालेको छ ।
पछिल्लो १० वर्ष यता सामान्य एक दुइवटा मात्रै नेपाली युवाहरु यस पेसा प्रति आएपनि हाल भने यो संख्या तेब्बरले बढेको छ ।

सिप भएका युवाहरु पनि यस पेसा प्रति चासो नदेखाउदा भारतिय नागरिकको एकलौटि बजार थियो । कामलाई सानो र नेपालीले गर्दै नआएकोले पनि यस पेसाप्रति नेपालीहरुको काम चासो थियो ।
तर अहिले गुल्मी जिल्लामा यस पेसा प्रति युवाहरुको आकर्षण बढेको छ । बिभिन्न ठाउँमा सिप सिकेरै नेपाली युवाहरु कपाल काट्ने व्यवसाय प्रति लाग्ने गरेका छन् ।
जिल्ला भर २१ वटा कपाल काट्ने पसलहरु रहेका छन् ।

ति मध्ये नेपाली युवाहरुले खोलेका ७ वटा पसलहरु रहेको नेपाल नाही संघ गुल्मीका अध्यक्ष राधेश्याम ठाकुरले बताए ।
जिल्ला सदरमुकाममा मात्रै भारतिय नागरिकले खोलेका ७ वटा र नेपाली युवाहरुले खोलेका ६ वटा पसल रहेका छन् ।

संघमा दर्ता भएका यी संख्यहरु रहेपनि नेपाली युवाहरु नाहिसंघमा दर्ता नगरि सदरमुकाम बाहिरका मुख्य बजारमा पसल खोलेर बस्ने गरेको अध्यक्ष ठाकुरले बताए । उनि तम्घासका ३५ वर्ष देखि कपाल काट्दै आएका छन् ।

संघले कपाल काट्ने,दारी काट्ने, मेहेन्दी लगाउने फेसवास गर्ने लगायतका लागि एउटै रकम तोक्ने गर्ने गरेको छ । कसैले संघले तोकेभन्दा वढि कम मुल्य लिएर काट्ने गरे कारवाही पनि गर्दै आएको ठाकुरले बताए ।

सिप सिकेर केहि गर्न खोज्नेहरुको लागि तम्घासमा सञ्चालन गरेरका नेपाली युवाहरुकोकपाल काटने व्यवसायबाट उदाहरण लिन सकिन्छ ।