बसन्त रावत, गुल्मी
असार १९ –
चन्द्रकोट गाउपालीका पशु सेवा शाखा गुल्मीले व्यवसायिक पशु पालन गर्ने कृषकहरुलाई बर्षे घाँसको बिउ र बेर्ना बितरण गरेको छ ।
घाँसमा आधारीत पशुपालन गरि उत्पादन लागत न्युनिकरण गर्नको लागि कृषकहरुलाई बर्षे घाँसको बिउ र बेर्ना बितरण गरिएको हो
आर्थिक बर्ष २०७५ ७६ मा २ लाख बिनियोजन गरिएको बजेटबाट डाले घासमा किम्बु १० हजार वटा, बडहर ,इपिप लिपिल, लहरेपिपल टाकी, राईखंयु गरि २ हजार वटा बितरण गरिएको छ । यस्तै भँुइ घासमा मुलाटो ४० हजार सेट्स, पास्पालम २० हजार सेट ,नेपियर २० हजार सेट्स बितरण गरिएको छ ।
वडा नम्बर १ देखि ८ वडा सम्मका कृषकलाई उक्त बिरुवा बितरण गरिएको हो ।