चितवन
असार २०,
पृथ्वीराजमार्ग अन्र्तरगत चितवनको ईच्छाकामना गाउँपालिकाको चुम्लिङटार नजिकै त्रिशुली नदिमा ट्रक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा बालकृष्ण यादव र रविकान्त यादव छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, रविकान्त सोही ट्रकका धनी हुन भने बालकृष्ण यादव चालक हुन ।
दुर्घटनामा घाइते एक जनाको उद्धार भएको छ । उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ ।
ट्रक सडकबाट त्रिशूली नदीमा कसरी खस्यो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।