असार २०
अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशक यताकै शक्तिशाली भूकम्प गएको छ ।
क्यालिफोर्नियाको दक्षिण क्षेत्रमा पर्ने लस एन्जल्सबाट उत्तरतर्फ रिड्गेक्रेस्ट शहरलाई केन्द्रविन्दू बनाएर ६ दशमलव ४ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ ।
दुई दशक यता कै शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।
शक्तिशाली भूकम्प जाँदा केही भवनमा क्षति पुगेको र केही ठाउँमा आगलागी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो भूकम्पलाई क्यालिफिोर्नियाको पछिल्लो दुई दशकयताकै शक्तिशाली भएको मानिएको छ ।
भूकम्पपछि उद्धार तथा राहतको काम जारी रहेको अग्नि नियन्त्रकहरुले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेर अवस्था नियन्त्रणमा रहेको बताएका छन् ।
भूकम्पको केन्द्र भएको स्थानमा दर्जनौँ भवनमा आगलागी भएको आशंका गरिएको छ । मानवीय क्षतिबारे भने सार्वजनिक गरिएको छैन ।