अर्घाखाँची,
असार २०
गोरूसिंगे सन्धिखर्क सड्कखण्डमा टिप्परले अटो रिक्सालाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन ।
अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नम्बर २ सितापुर निपाने घर भएका वर्ष ५५ का हरि ओलिको मृत्यु भएको ट्राफिक प्रहरी गोरूसिंगेले जानकारी दिएको छ । दुर्घटनामा परि मृतकको श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते भएकी छन्।
अटोचालक कपिलवस्तु बुद्धभुमि नगरपालिकाका वर्ष ५० का तारा बहादुर टण्डन पनि घाईते भएका छन् ।
गोरूसिंगेबाट पत्थरकोट तर्फ आउँदै गरेको रा १ ख १६३९ नम्बरको टिप्पर र लु १ ह २५१५ नम्बरको अटोलाई ठक्कर दिदाँ दुर्घटना भएको हो । घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको छ।
मृतक ओलिका परिवार काठमाडौं जानका लागि अटोमा बसन्तपुरबाट गोरूसिंगे तर्फ जादै थिए । शिक्षक ओलि जनप्रिय आधारभुत विद्यालयका प्रअ हुन ।
यस्तै पृथ्वीराजमार्ग अन्र्तरगत चितवनको ईच्छाकामना गाउँपालिकाको चुम्लिङटार नजिकै त्रिशुली नदिमा ट्रक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा बालकृष्ण यादव र रविकान्त यादव छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, रविकान्त सोही ट्रकका धनी हुन भने बालकृष्ण यादव चालक हुन ।
यस्तै बिहिबार सुपादेउराली मन्दिर नजिकै भएको जिप दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । २ दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परी ४ जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान ३ धारापानीका जिप चालक ५५ वर्षीय सुमन्त भुसाल र मालारानी ३ गुनाखर्कका ३७ वर्षीय रूद्रप्रसाद भुसाल र सन्धिखर्क १२ का ६१ वर्षीय रणबहादुर दर्जी रहेका छन्।