अर्घाखाँची ,
असार २१ –
अर्घाखाँचीको एक नगरपालिकाका विद्यार्थीलाई दैनिक चार र पाँच घण्टा हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ ।
विकट शितगंगा नगरपालिकाका विद्यार्थी दैनिक चार र पाँच घण्टा हिँडेर विद्यालय जाने गरेका छन ।
दैनिक चार र पाँच घण्टा हिँडेर विद्यालय जानुपर्ने भएकाले विद्यार्थी समस्यामा परेका हुन् ।
टाढाटाढाका विद्यार्थीलाई मध्यनजर गरी छात्राबासको व्यवस्था मिलाइए पनि व्यवस्थित हुन सकेको छैन ।
अर्घाखाँचीको शितगंगा नगरपालिका क्षेत्रफलका आधारमा सबैभन्दा ठूलो नगरपालिका हो ।
नगरपालिका भए पनि यसभित्रका कतिपय ठाउँहरु अत्यन्तै विकट छन् ।
नगरपालिकाका ९, १० र ११ वडाका विद्यार्थीहरु माध्यमिक तह पढ्न दैनिक ४र५ घन्टाको बाटो हिड्नुपर्ने भएकाले विद्यार्थीहरु समस्यामा परेका हुन् ।
सोही बाध्यतालाई मध्येनजर गरी २०६८ मा जनजागृति माविमा मणिराम पौडेल स्मृति छात्रबास स्थापना गरिएको थियो ।
टाढाटाढाका विद्यार्थी र शिक्षक छात्राबासमा बसिरहेका छन् । छात्राबास कच्ची, अव्यवस्थित र साँघुरो भए पनि बस्नुपर्ने बाध्यता रहेको छ ।
छात्राबासमा अहिले ४र५ घन्टा हिडेर आउनुपर्ने बाध्यता भएका करिब १ सय ५० विद्यार्थी तथा शिक्षक बसोबास गरिरहेका छन् ।
यो बर्ष छात्राबास निर्माणको लागि प्रदेश सरकार र नगरपालिकाले केही सहयोग गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।