काठमाडौ ,
असार २१ –
नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य बृद्धि गरेको छ ।
संघले अण्डाको मुल्य प्रतिक्रेट २५ रुपैयाँका दरले बृद्धि गरेको हो । हेटौंडामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले शनिबार बिहानबाट लागु हुने गरी मुल्य समायोजन गरिएको केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।
यसअघि २ सय ५५ रुपैयाँ प्रतिक्रेट रहेको अण्डाको मुल्य शनिबारबाट दुई सय ८० रुपैयाँ प्रतिक्रेटमा बिक्री गरिने बैठकले निर्णय गरेको छ ।
अण्डाको मुल्य किसानले प्रतिगोटा ९ रुपैयाँ ३३ पैसा पाउँछन भने उपभोक्ताले १३ रुपैयाँमा खरिद गर्नुपर्ने छ ।
संघका अनुसार हेटौंडामा बसेको केन्द्रीय समितिले निर्णय गरेको मुल्य देशभर लागु हुनेछ ।
नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ। यो व्यवसायमा ७० अर्बभन्दा बढी लगानी रहेको छ।