अनिल खत्री
२२ असार, गुल्मी –
गुल्मीको सदरमुकाम तम्घासमा मुक्तिनाथ बैंकको शाखा बिस्तार भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासको पुतलिबजारमा एक समारोहका बिच १ सय २० औं शाखाको रुपमा शाखा शुभारम्भ भएको हो ।
शाखाको रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् ।
शाखाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले बैंकले किसान र साना उद्योगीहरुलाई सर्बशुलभ व्याजदरमा ऋण प्रवाह गर्न आग्रह गरे ।
जिल्लामा बिभिन्न कृषि तथा साना व्यवसाय गर्ने कृषकहरुलाई सर्बशुलभ ढंगबाट ऋण दिएर कृषक साना उद्योगीहरुलाई राहत प्रदान गर्न आग्रह गरे ।
बैंकहरुले पैसा जम्मा गर्ने, नाफा कमाउने मात्रै ठूलो कुरा नभई सबै क्षेत्रलाई सहज सरल सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
कुनै समय राष्ट्रिय बाणिज्य बैंक मात्रै हुँदा सेवा लिन दिनभर कुर्नुपर्ने समयबाट बैंकहरु स्थापनासँगै सेवा लिन सहज बनाएको बताए । नयाँ बैकहरु स्थापनासँगै सेवाग्रहरीले छिटो छरितो ढंगबाट सेवा पाइरहेको नगरप्रमुख भुसालको भनाई छ ।
कार्यक्रममा बैंकका क्षेत्रिय कार्यालय पोखराका प्रमुख बावुराम ढकाल, बुटवल क्षेत्रिय शाखा प्रमुख गोबिन्द पोखरेल, गुल्मी शाखा प्रमुख तेजप्रसाद न्यौपानेले स्याङजाको पुतलिबजार नगरपालिकाबाट २०५९ सालमा १ करोड २० लाखको चुक्ता पूँजीबाट स्थापना भएको बैंकले पछिल्लो सयम यता फड्को मार्दै गएको बताए । उ
निहरुले बैंकले कस्तो सेवा प्रदान गरेको छ भन्दा पनि जनतालाई सेवा प्रवाहमा सहज भएको छ की छैन् भन्ने प्रमुख कुरा रहेको बताए ।
बैंकले लगानी गरेको ऋणले उत्पादन गरेको छ की छैन् त्यसले कतिको प्रभाव पारेको छ जिवन स्तरमा सुधार भएको छ की छैन् भन्ने मुख्य बिषय रहेको बताए ।
बैंकले बिना धितो लगानि गरेको, ३ लाख सम्म बहिलाहरुलाई लगानी गरेको बैंकले जनाएको छ । बैंकले जम्म रकम मध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको बैंकले जनाएको छ । बैंकको हाल चुक्ता पूँजी ३ अर्ब ६ करोड रहेको छ ।
पछिल्लो चैत्र अन्तिम सम्मको निक्षेप ४२ अर्ब र ३७ अर्ब लगानी रहेको बैंकले जनाएको छ । शाखा शुभारम्भ कार्यक्रममा जिल्ला स्थित बिभिन्न संघ संस्थामा प्रमुख स्थानियको सहभागिता रहेको थियो ।