अनिल खत्री
२२ असार, गुल्मी –
गुल्मीमा एउटै प्रकृतिका घटनामा ७ दिनमा ४ जना मृत फेला परेका छन् ।
जिल्लामा पछिल्लो समय यता लगातार भिरबाट लडेर मृत्यु हुनेको संख्यामा दिनानु दिन बढ्ने गरेको छ ।
आइतबार जिल्लाको धुर्कोट गाउँपालिका ४ वस्ने ४५ वर्षिय नारायण परियार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।
परियार घर नजिकै जंगलमा दाउरा काट्ने क्रमममा लडेर मृत अबस्थामा फेला परेका थिए ।
दाउरा काट्न भनी हिडेका परियार अबेरसम्म घरमा नआएपछि परिवारले खोज्ने क्रममा मृत अबस्थामा फेला पारेको (डिएसपी) घलेले बताए ।
उनको सवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्लामै भिरबाट लडेर गत शुक्रवार असार २० गते जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर निवासी ४२ वर्षिय काशीराम पाण्डेय तम्घास नजिकै मृत फेला परेका थिए ।
पाँच दिन देखि बेपत्ता भएका पाण्डेयको सव शुक्रवार रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ खानिगाउँ स्थित जंगलमा ज्याकेटले मुख छोपेर सुतिरहेको अबस्थामा फेला परेको थियो ।
उनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्दै आएका पाण्डे काम गर्न भनि निस्कीएका थिए ।
जिल्लामा पछिल्लो समय यता लगातार भिरबाट लडेर मृत्यु हुनेको संख्यामा दिनानु दिन बढ्ने गरेको छ ।
असार १७ गते जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ५३ वर्षिय ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको थियो ।
सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए ।
त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँमा निवासी ५० वर्षिय रामबहादुर बिकको दाउरा काटने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो ।
यसरी गुल्मीमा भिरबाट लडेर मृत्यु हुनेको संख्या दिनानु दिन बढने गरेको छ ।