काठमाडौ ,
असार २२ –
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक दस्तावेजमा दुई अध्यक्षबीच सहमति जुटेको छ ।
पार्टी एकीकरण भएको १३ महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को राजनीतिक दस्तावेजमा सहमति जुटेको हो ।
दुवै अध्यक्षबीच पटक पटक यसबारेमा छलफल भएको र आइतबारको छलफल सहमतिमा पुगेको नेकपा स्रोतको भनाइ छ ।
दुवै अध्यक्षबीच आज भएको छलफल सहमतिमा पुगेको हो ।
एक वर्षअघि नै राजनीतिक प्रतिवेदन, विधान लगायतका दस्तावेज अध्ययन गरेर सम्पादन गर्ने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक दस्तावेजको काम पूर्ण रुपमा टुङ्गिएको जानकारी दिनुभयो ।
काडमाडौँमा आज भएको एउटा कार्यक्रममा अध्यक्ष प्रचण्डले आज बिहान दुई अध्यक्ष बसेर प्रतिवेदनको सम्पूर्ण काम सकेको बताउनुभयो ।
पार्टीको विधान र नियमावली लगायतका दस्तावेज प्रकाशित भएर कार्यन्वयनमा गइसके पनि विवादकै कारण राजनीतिक प्रतिवेदन छापिएको छैन ।
सहमति भएपछि राजनीतिक प्रतिवेदन भोलि प्रकाशन हुने पनि उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन छापिएर कार्यकर्ताका हातमा पुगेपछि कार्यकर्ता आफैँले विचारबारे मूल्याङ्कन गर्ने टिप्पणी गर्नुभयो ।
राजनीतिक प्रतिवेदनमा सहमति जुटेपनि केन्द्रीय सदस्यहरुको कार्य विभाजनको एजेण्डा भने सेलाएको छ ।
एकपछि अर्को प्रकरणमा सरकारको नेतृत्व फस्दै गएपछि पार्टीको बैठक तथा कार्य विभाजन र एकीकरणका बाँकी काम अलपत्र परेका छन् ।