सल्यान
असार २३
सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन।
कपुरकोट गाउँपालिका ३ आगरखोलामा सोमबार बिहान ट्रक दुर्घटना हुँदा शिद्धकुमाख गाउँपालिका २ बस्ने ५३ वर्षीय दुर्गाबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।
रुकुमबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ४ ख ९७ ११ नम्बरको ट्रक बिहान आगरखोलाको घुम्तीमा ९ बजेतिर दुर्घटना हुँदा ८ जना घाइते मध्ये उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य ७ जना घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भएरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण भने अझैसम्म खुल्न सकेको छैन।
यस्तै अर्घाखाँचीमा कार दुर्घटना भएको छ ।
दुर्घटना हुँदा त्यसमा सवार पाँचजना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर–१० बिहार मुगलिनबजारमा मे१६ ६३८१ नम्बरको अल्टो कार दुर्घटनामा परेको हो ।
कार मालारानी गाउँपालिका वडा नम्बर–४, सितबाट सन्धिखर्कको लागि छुटेको थियो ।
दुर्घटनामा परी मालारानीका पाँचजना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा कारचालक अशोक खड्का, भीमप्रसाद घिमिरे, बिमला घिमिरे, शोभाखर घिमिरे र विकास भुसाल रहेका छन् ।
घाइतेमध्ये बिमलालाई थप उपचारका लागि भैरहवा ‘रिफर’ गरिएको छ ।
अरु घाइतेको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
कार सडकबाट हुत्तिएर नजिकको खेतमा पुगेको थियो ।
तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।