काठमाडौ
असार २४ ,
देशका अधिकांश भूभागमा अहिले पानी परिरहेको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गएकाले मंगलबार पनि अधिकांश भूभागमा अहिले पानी परेको हो ।
मंगलबार देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशका धेरैजसो भूभागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
मंगलबार राति पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।
भारतमा बनेको मनसुनी न्यूनचापीय रेखा ९मनसुनमा वर्षा गराउने प्रणाली० नेपालतर्फ सर्दै गइरहेको केही दिनदेखि नै नेपालका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।
यो क्रम अझै केही दिन चल्ने मौसमविदहरुको अनुमान छ ।
यसैबिच नेपाल बाढी सूचनाले सर्तकता अपनाउन आग्रह गरेको छ ।
मंगलबार बिहान सूचना जारी गर्दै नेपाल बाढी सूचनाले आज कन्काई, बबई नदी तटीय क्षेत्रमा आकस्मिक बहाबको सम्भावना रहेको जनाएको छ ।
आज देशैभरीका नदीनालाहरु बढ्दो क्रममा रहने सूचनामा उल्लेख गरिएको छ ।