काठमाडौ
असार २४
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय परिचय पत्र लिनुभएको छ ।
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिनुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचय पत्र दिइएको थियो ।
त्यसैगरी विभागले भोलि बुधबार राष्ट्रपति विद्या देबि भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ ।
आगामी आर्थिक वर्षबाट थप १५ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण सुरु हुने भएको छ ।
आगामी आर्थिक वर्षमा थप १५ जिल्लामा परिचय पत्र वितरणको काम विस्तार गर्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो ।
चालू आर्थिक वर्षमा परिचय पत्र वितरणको काम सिंहदरवार र पाँचथरमा मात्र सीमित थियो । त्यस्तै प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि परिचय पत्रको वितरण हुनेछ ।
प्रदेश ३ का ३ तथा अन्य हरेक प्रदेशबाट २–२ वटा गरेर १५ जिल्लामा आगामी आर्थिक वर्षको सुरुवातबाटै परिचयपत्र वितरण गरिने विभागका निर्देशक न्यौपानेले जानकारी दिनुभयो ।
विभागले प्रदेश १ का झापा र संखुवासभा, प्रदेश २ का महोत्तरी र सप्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन तथा गण्डकी प्रदेशको तनहुँ र स्याङ्जामा परिचय पत्र वितरण गर्ने जनाएको छ ।
त्यस्तै प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशका सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र अछाम जिल्लामा पनि परिचय पत्रको वितरण हुनेछ ।
निर्देशक न्यौपानेका अनुसार अन्तिम चरणमा पुगेको पाँचथरमा ८० हजार र सिंहदरबारमा ७ हजार कर्मचारीको परिचय पत्र वितरण भईसकेको छ ।
विभागले आगामी २ बर्षमा ७७ वटै जिल्लामा परिचय पत्र वितरण गर्ने गरी तयारी अघि बढाएको छ ।