अनिल खत्री
२५ असार,
गुल्मी र यतिबेला गुल्मी सदरमुकाम तम्घासको चर्चा सबै तिर छ ।
यहाँको मनमोहकमौसम देखि हरेक हिसाबले तम्घासको महिमाचर्चा धेरै छ ।
केहि दिन अघि सदरमुकाम तम्घास र रेसुङ्गा क्षेत्रको अबलोकन गरेर फर्किएका नेपालउद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको भनाइले तम्घासको चर्चा भएको हो ।
गोल्छाले संसार घुम्दा लण्डन र देश चहार्दा तम्घासले लोभ्यायो भन्दै सञ्चार माध्यमको अन्तरवार्ताले तम्घासको चार्चामा छ ।
गोल्छाले तम्घास र रेसुङ्गा क्षेत्रको अबलोकन पछि तम्घासको मौसम बजार सरसफाईबाट प्रभावितभएको कुरा उल्लेख गरेकाथिए ।
त्यो भनाईले यतिबेलागुल्मी सदरमुकाम तम्घास चर्चामा छ । २ नगरपालिका १० गाउँपालिका २ निर्वाचन क्षेत्रले बनेको जिल्लाको सरदमुकाम तम्घास हो ।
पक्कै पनिगोल्छाले भने झै तम्घासले यहाँआउनेलाई लोभ्याउछ । यहाँको सदावहार एउटै खालको मौसम पाइने तम्घास बजार पहाडी क्षेत्रको उपत्यकामा सदरमुकाम रहेको छ ।
साथमाअझअग्लो स्थानमा रहेका रेसुङ्गा र अर्जुनको चिसो हावाले यहाँआउने हरुको मन लोभ्याउछ । यहाँको हावापानी देखि बस्ती अबस्थामापनिमिलेको कारण यहाँआउने जो कोहिको मन लोभिन्छ ।
समुद्री सतहबाट २३ सय मिटर अग्लो शिर रेसुङ्गा र २ हजार मिटरको उचाइमा रहेको अर्जुन डाँडा यहिँ रहेकाले पनि रोजाईम तम्घास पर्दछ ।
चिसो हावाले मनै लोभ्याउने दृश्य सहित रेसुङ्गा र अर्जुन क्षेत्रको अबलोकनगर्न पहाडी जिल्लामध्ये गुल्मी प्रमुख गनतव्य बनेको छ ।
रेसुङ्गामा बस्नेहरुका लागि समितिमार्फत निशुल्क सादाखाना र बस्नको लागि वाँसको व्यवस्था पनि गरिएको छ ।
धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षितवनक्षेत्र भित्र पर्दछन् । यहाँबिभिन्नअवसरहरुमा पराम्परागत मेलाहरु लाग्ने गर्दछन् ।
रेसुङ्गा क्षेत्रको कुल क्षेत्रफल १९ हजार २ सय ८१ दशमलव ३७ हेक्टर रहेको छ । यसको ५० प्रतिशतभाग कृषि क्षेत्र र ४१ प्रतिशत भू–भागवनक्षेत्रले ढाकेको छ ।
रेसुङ्गासँगै रुरु, अर्जुन, बिचित्रगुफा, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितकापर्यटकीय क्षेत्रहरु गुल्मीमै छन् । ती क्षेत्रहरुमा पुगेर अझवढि गुल्मीलाई नजिकैबाट नियाल्न सकिन्छ ।
यतिबेलाअर्जुन क्षेत्रमापनि घुम्ने र रमाउने ठाउँ रहेको छ । यतिबेला बढ्दो गर्मीमा प्रकृतिसँग रमाउन गुल्मी आउनुहोस् ।