रामकृष्ण कडेंल,गुल्मी
असार २६ –
गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ चारपाला स्थित सामुदायिक विद्यालय ठुलोपोखरा आधारभूत विद्यालयको नवर्निर्मित पक्की भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष लक्ष्मण अर्यालको सभापतित्वमा विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ५ विशेष अधिकार समितिका संयोजक तथा गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा २ का साँम्सद कमल श्रेष्ठले उक्त भवन उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बिकास निर्माणका कार्यमा स्थानीय ,प्रदेश र केन्द्र सरकार मिलेर काम गर्नुपर्ने , बिकास गर्दा दलिय प्रतिशोध लिन नहुने उहाले बताउनु भयो ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण कार्यान्वयन इकाई अन्तरगत जिल्ला आयोजना कार्यान्वयन इकाईको रु ६८ लाख ९५ हजारको लागतमा निर्माण सम्पन्न भएको चारकोठे भवनको प्रमाणपत्र इन्जिनियर पारस पन्थीले विध्यालयका प्रधानाध्यापक राम बहादुर खत्रीलाई प्रदान गर्नुभएको थियो ।
साथै समयमै काम सम्पन्न भएकोमा बिद्यालयलाइ प्रशँसा पत्र र निर्माणकार्य लाई सक्रिय रुपमा सम्पन्न गर्ने कर्ण बहादुर कार्की र राजु बिक लाई टीका माला दोसल्ला र प्रमाणपत्र बाट सम्मान गरिएको थियो।
भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति गुल्मिका प्रमुख लक्ष्मण पराजुलीले जिल्ला आयोजना कार्यान्वयन इकाईले ससाना नानीबाबुहरुको सुरक्षित भवनमा बसेर पढ्न पाउने अधिकारलाई सम्मान गर्दै विद्यालय पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताउनु भयो ।
बिद्यालयका प्रधानाध्यापक राम बहादुर खत्रीले बिद्यालयको भौतिक ,आर्थिक अवस्था समेटिएको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक खत्रीले भवन निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनु भएको थियो।
कार्यक्रममा गुल्मीदरबार गाउँपालिका अध्यक्ष अशोक कुमार थापा, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर पारस पन्थी वडा नम्बर ७ का वडाध्यक्ष टोपबहादुर थापा लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी प्रल्हाद पोख्रेल , गुल्मिदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेत, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालका प्रमुखहरू , विभिन्न विद्यालयका प्रधानाध्यापक , समाजसेवी , विद्यार्थि , अभिभावक पत्रकार लगाएतको आतिथ्यता रहेको थियो।
विद्यालयका शिक्षक सरस्वती अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचलन सहायक प्रधानाध्यापक रमेश अर्यालले गर्नुभएको थियो ।