अनिल खत्री
२६ असार, गुल्मी –
गुल्मीको सदरमुकाम तम्घास बजारमा घरको छतमै तरकारी फलाउन तर्फ स्थानिय उत्साहित देखिएका छन् ।
जिल्ला सदरमुकाम तम्घास बजारमा भएका पक्की घरको छतमा बिभिन्न जातका तरकारीहरु उत्पादन गर्न तर्फ स्थानियको चासो दिने गरेका छन् ।
मेहनता र जाँगर भए केहि गर्न सकिन्छ भन्ने उदाहरण गुल्मी तम्घास बजार घरमा गरिएका कृषिबाट लिन सकिन्छ ।
धेरै जग्गा हुनेहरु केहि नगरि बाझै रहेका बेला तम्घास बजार वासीले घरको छतमा सानो ठाउँमा पनि तरकारी खेती गर्नाले मेहनत र जाँगर भए केहि हुन्छ भन्ने उदाहरण पेस गरेका छन् ।
तम्घास बजारमा घरभएकाहरु घरको छतसँगै छेउछाउमा पानि तरकारी खेती गर्ने गरेको पाइएको छ ।
छतको साघुँरो ठाउँमा पनि बिभिन्न गमलाहरुमा व्यवस्थित रुपमै तरकारी तथा फुलहरु लगाउने गरेका छन् ।
बिभिन्न व्यवसाय गर्दै आएकाहरु खाली समयको सदुपयोग र घरमै उत्पादन गरेको ताजा तरकारी खाना पाइने भन्दै स्थानिय घरको छतमा तरकारी खेती गरेको बताउछन् ।
तम्घासको क्याम्पसरोडमा भाडाको घरमा होटल गर्दै आएका गणेश मरासिनीले पछिल्लो ३ वर्ष यता घरको छतमा तरकारी फलाउदै आएका छन् । उनले घरको छतमा गरिएको तरकारी खेलीबात ५ जनाको परिवारलाई तरकारी किन्न नपरेको बताए ।
पेसाले कृषि प्राबिधिकको रुपमा काम गर्दै आएका तम्घास मिलनचोक निवासी यज्ञ पन्थीले पनि घरको छतमा तरकारी उत्पादन गर्दै आएका छन् ।
तम्घासका पन्थी र मरासिनी मात्रै होइन बजारका अधिकांश घरका छतहरुमा तरकारी खेती गर्दै आएको देख्दा घरको छत हो की करेसा बारि भन्ने छुट्टाउन गाहे पर्ने गरेको छ ।
जिल्लाका बिभिन्न स्थानमा एक घर एक करेसा बारि अभियान पनि चलाइएको थियो । तर यसको सबै ठाउँमा प्रभावकारीता भएको देखिदैन् ।
कम्तीमा घरको लागि आबश्यक पर्ने तरकारी आफैले उत्पादन गरेर खानुपर्छ भन्ने उदेश्यले केहि वर्ष पहिलेबाट एक घर एक करेसा बारिको अभियान चलाइएको थियो ।
यसरी बजारका पक्की घरमा गरिएका तरकारी खेतीले जमिन भएर पनि केहि नगरि बाझो राखेर बस्नेहरुलाई पक्कै पनि यसले पाठ सिकाउने छ ।