सुर्खेत,
असार २७ –
जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख ९डीएफओ० भक्तबहादुर लामा ४ लाख घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई
उनकै कार्यकक्षबाट शुक्रबार मध्यान्ह १२ बजे घुससहित नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।
थप अनुसन्धान भइरहेको छ ।