काठमाडौ ,
असार २८ –
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ३४ जनाको मृत्यु भएको छ ।
बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
बाढी पहिरोमा मृत्यु हुनेमा ललितपुरमा पाँच, भोजपुरमा चार जना ,काठमाडौं, खोटाङ, मकवानपुर, काभ्रेमा तीन–तीन जना,
धादिङ, र सिन्धुलीमा दुइ – दुइ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा चितवन र
रुपन्देहिमा एक–एक जना गरी ३४ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको हो ।
यस्तै मकवानपुरमा चार जना, काभ्रेमा दुइ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक एक जना गरी १२ जना घाइते भएका हुन् ।
यस्तै बेपत्ता हुनेमा सिन्धुलीमा चार जना, भोजपुरमा तीन जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा,
उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा एक–एक जना गरी १८ जना रहेका छन् ।
यस्तै बाढी पहिरोमा परेका काठमाडौंमा एक सय आठ जना, उदयपुरमा १० जना, ललितपुरमा आठ जना, सिन्धुलीमा दुइ जना,
सिराहमा दुइ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा एक–एक जना गरी एक सय ३३ जनाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच बुटवल पाल्पा सडकखण्ड अन्तरगत सिद्धबाबा मन्दिर नजिकै पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर बुटवल बाट पाल्पा आउदै गरेका पाल्पा मित्यालका धन बहादुर सुनारिको मृत्यु भएको हो ।
लु ५० प ४६७१ नम्बरको डिसकभर मोटरसाईकलमा सवार सुनारलाई सनिबार दिउस करिब साडे २ बजे पहिरोले पुरेको थियो ।
लगातार पहिरो झरिरहेको ले उनको उद्दार करिब ५ बजे गरिएको थियो ।
भिरमा अड्किएको अवस्थामा उनको सव फेला परेको थियो मोटरसाईकल पहिरो संग बगेर करिब १०० मिटर तल पुगेको थियो ।
बर्षै पिच्छे पाल्पा बुटवल सडक खण्ड अन्तरगत सिद्धबाबा मन्दिर क्षेत्र वरपर पहिरोका कारण दर्जनौ दुर्घटना हुने गरेको छ ।
सोहि पहिरोका कारण पाल्पा बुटवल सडक खण्ड अहिले पुर्णरुपमा अवरुद्ध भएको छ । पाल्पा बुटवल सडक खण्ड खुलाउने प्रयास गरिएको छ ।