काठमाडौ
असार २९
पहिरो खसेर शनिबार दिउँसो देखि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा – बुटवल सडकखण्ड अझैपनि खुल्न सकेको छैन ।।
अलपत्र परेका यात्रु मात्र हिँड्न मिल्ने बाटो बनाएर गन्तव्यमा पठाइए पनि यातायातका साधन चल्न सकेका छैनन् ।
सडकमै ठूला ढुंगा भएकाले पन्छाउन समस्या भएको छ । शनिबारदेखि नै सो क्षेत्रमा सयौं सवारी साधन अलपत्र छन् ।
राति दोभान, सिद्धबाबा क्षेत्रमा पानी परेकाले बाटो खुलाउन थप समस्या भएको दोभान प्रहरी चौकीका प्रमुख बालबहादुर घर्तीमगरले बताउनुभयो । ब्रेकर, डोजर, स्काभेटर परिचालन गरेर एकतर्फी यातायात सुरु गर्न पहल भइरहेको उहाले बताउनुभयो ।
शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो ।
यसैबिच खमौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने जनाएको छ ।
विषेशगरी मुलुकको पूर्व र मध्य क्षेत्रका केहि स्थान र पश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको हो ।
यस्तै आज राति देशभर पूर्ण बदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
राति देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।
मध्य क्षेत्रका पहाडि भू भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव र स्तर बढ्न सक्ने भएकोले सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएको छ ।
शनिबार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउँ गाउँपालिका वडा नम्बर ३, हेडबक्स नजिकै सुख्खा पहिरोले मोटरसाइकसहित बगाउँदा निस्दी गाउँपालिका ४, मित्याल पाल्पाका ३१ वर्षीय धनबहादुर सुनारी मगरको मृत्यु भएको थियो ।