काठमाडौ,
असार २९ –
आगलागी हुँदा कुवेतको एक अपार्टमेन्टमा तीन नेपालीको ज्यान गएको छ ।
शुक्रबार भएको आगलागीमा सर्लाहीका विजय बैठा, ठेगाना नखुलेकी अप्सरा कामी र गौरी दर्जीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरले जानकारी दिनुभयो ।
प्रहरी रिपोर्ट संकलनपछि पासपोर्ट ल्याउने र त्यसपछि मात्र घटनाबारे पूर्ण विवरण आउने पनि उहाँले बताउनुभयो । मृतकको शव फर्वानिया अस्पतालमा राखिएको छ।
मृत्यु हुने कम्पनीका कामदार हुन् या घरेलु कामदार भन्ने थाहा हुन बाँकी छ ।