काठमाडौ
असार २९
कफी खेतीसम्बन्धी तथ्यांक संकलन नेपालमा पहिलोपटक सम्पन्न भएको छ ।
केन्द्रीय तथ्यांक विभागले एक वर्ष लगाएर अध्ययन गरेको हो ।
अध्ययन अनुसार नेपालको कफी खेती ९६ प्रतिशत अर्गानिक रहेको पाइएको छ र यसको बजार युरोपसम्म फैलिएको छ ।
व्यवसायिक कफीखेती सर्वेक्षण २०७५र७६ अनुसार नेपालमा ६ हजार ३ सय ४६ वटा कफी उत्पादन गर्ने कृषि फर्महरु सञ्चालनमा छन् ।
मुलुकको चार प्रदेशका ३२ जिल्लामा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको सर्वेक्षणले देखाएको छ ।
देशभरमा ९७३ हेक्टरमा जमीनमा व्यावसायिक रुपमा कफी खेती गरिएको छ भने करिब १५ लाख ५ हजार कफीका बोटहरु रोपिएका छन् ।
अध्ययन अवधिमा ८ लाख २१ हजार कफीको बोटबाट फल उत्पादन भइरहेको छ भने ६ लाख ८४ हजार कफीका बोटहरु फल लाग्ने क्रममा छन् ।
सरदर बार्षिक रुपमा अध्ययन अवधिभर नेपालमा १५ लाख ७३ हजार किलो कफीको कच्चा दाना ९फ्रेस चेरी० उत्पादन भएको केन्द्रीय तथ्यांक विभागले जारी गरेको सर्वेक्षणमा भनिएको छ ।
नेपालमा १२ लाख हेक्टर जमिनमा कफीको खेती गर्न सकिने भए पनि अहिले करिब २ हजार हेक्टरमा जमीनमा मात्रै कफी खेती हुँदै आएको छ ।
नेपालमा कफीका बिरूवा उत्पादन गर्ने ५५ वटा नर्सरी छन् ।
देशभरिमा वार्षिक ७ लाख २० हजार १ सय १० विरूवा उत्पादन हुँदै आएको सर्वेक्षणमा उल्लेख छ ।