गुल्मी,
असार ३० –
नेपाल सुनचादी व्यवसायी सघं गुल्मीको अबिधेशन स्थगित भएको छ ।
सदरमुकाम तम्घासमा सनिबार एक भव्य कार्यक्रमका बिच उद्धघाटन गरिएको छैठौ साधारण सभा तथा तेस्रो जिल्ला अबिधेशन ३ महिनाको लागि स्थगित भएको सुनचादी व्यवसायी सघं गुल्मीका कोषध्यक्ष झबिन्द्र सुनारले बताउनुभयो ।
शनिबार राती अबेरसम्म बसेर छलफल गर्दा पनि भागवण्डा नमिलेपछि अधिबेशन स्थगित भएको उहाले बताउनुभयो ।
बर्तमान अध्यक्ष बालकृष्ण सुनारले २०६९ सालदेखि लगातार नेतृत्व गरेको बताउनुभयो ।
अध्यक्ष पदमा कुरा नमिलेपछि अरु पदमा पनि कुरा नमिलेको सुनचादी व्यवसायी सघं गुल्मीले जनाएको छ ।
आगामी ३ वर्षको लागि नेतृत्व चयन गर्ने भन्दै अधिवेशन सुरु भएको थियो ।
३ महिनापछि सकेसम्म सर्वसम्मतले नभए चुनाबी प्रक्रियाबाट नेतृत्व चयन गर्ने कोषाध्यक्ष सुनारको भनाई छ ।