गुल्मी,
असार ३० –
गुल्मीका स्थानिय तहले किसानलाइ आधुनिक कृषि तर्फ अगाडि बढाउन आधुनिक यन्त्र बितरणमा तिब्रता दिएका छन ।
यसले गर्दा किसानहरुलाई थप हौसला मिलेको छ । यस वर्ष प्रदेश र स्थानिय सरकारले कृषिमा यान्त्रीकरणका लागि ५ करोड रुपैया खर्च गरेका छन ।
छत्रकोट गाउपालीकाले चालु आर्थिक बर्षमा १० लाख रुपैयाको कृषि उपकरण खरिद गरेको जनाएको छ ।
गाउपालीकाले आज वडा नम्बर १ हुगामा ८ थान मिनिटिलर बितरण गरेको छ ।
गाउपालीकाले प्रत्येक वडामा भोलीसम्म सम्बन्धीत कृषकहरुलाई कृषि औजार बितरण गरिसक्ने प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिनुभयो ।
गाउपालीकाले आगामी आर्थिक बर्षको लागि १२ लाख बिनियोजन गरेको पनि उहाले बताउनुभयो ।
रुरु गाउपालीकाले असार ३१ गते हाते ट्याक्टर १८ वटा, टनेलको लागि प्लास्टिक ७० वटा ,सिटेचर ४ वटा , स्प्रेयर १० वटा, मौरी घार ८३ वटा र च्याप कटर ४ वटा बितरण गर्ने तयारी गरेको छ ।
पालीकाले १७ लाख बराबरको कृषी औजार बितरण गर्न लागेको अध्यक्ष निलकण्ठ गौतमले जानकारी दिनुभयो ।
गुल्मी दरबार गाउपालीकाले चालु आर्थिक बर्षमा ४५ लाख रुपैयाको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
आगामी आर्थिक वर्षमा पनि झन्डै ३० लाख बजेट बिनियोजन गरिएको गाउपालीका अध्यक्ष अशोक थापाले जानकारी दिनुभयो ।
यस्तै चन्द्रकोट गाउपालीकाले २५ लाख रुपैयाको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
आगामी आर्थिक वर्षमा पनि झन्डै ५० लाख बराबरको बजेट बिनियोजन गरिएको गाउपालीका अध्यक्ष द्रोण खत्रीले जानकारी दिनुभयो ।
इस्मा गाउपालीकाले पनि ९ लाख रुपैया बराबरको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
मुसिकोट नगरपालीकाले १५ लाख रुपैया खर्च गरेको जनाएको छ । यस्तै धुर्कोट गाउपालीकाले पनि कृषि उपकरण खरिद को लागि १५ लाख रुपैया खर्च गरेको जनाएको छ ।
यस्तै रेसुङगा नगरपालीकाले चालु आर्थिक बर्षमा २० लाख रुपैयाको कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।
सत्यवति गाउपालीकाले ४२ लाखका कृषि उपकरण खरिद गरि कृषकलाई बितरण गरेको जनाएको छ ।