गुल्मी ,
असार ३१ –
गुल्मीका एक सहायक प्रधानाध्यापक प्रदेश नम्बर ५ बाट सम्मानित भएका छन ।
रेसुङगा नगरपालीका वडा वम्बर २ रहेको रेसुङगा माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक भागीरथ भण्डारी सम्मानीत हुनुभएको हो ।
सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर सुधारको लागि सहायक प्रधानाध्यापक भण्डारीले गरेको योगदानको मुल्याङकन गर्दै प्रदेश नम्बर ५ को सामाजीक बिकास मन्त्रालयले सम्मान गरेको जनाएको छ ।
सहायक प्रधानाध्यापक भण्डारीले गरेको योगदानको उच्च मुल्याङकन गर्दै नगद रु २० हजार सहित प्रसंसा पत्रले सम्मान गरिएको छ ।
मंगलबार गुरु पुर्णिमाको अवसरमा प्रदेश नम्बर ५ को सामाजीक बिकास मन्त्रालयले भण्डारी सहित प्रदेश भित्रका ३३ जना उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ ।