मेष राशि
मेष राशि हुने हरुका लागि तपाइको ग्रह गोचर हेर्दा आँटेको र ताकेको कार्यबाट सफलता मिल्नेछ , समाज एवं राज्यबाट मान सम्मान पाईनेछ ।
बिचमा केहि बाधा भएता पनि कार्तिक १३ बाट पुन समय राम्रो रहनेछ ।
शुभ रङ्ग
रातो, सेतो, हरियो र पहेंलो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ४, ७ र ९ शुभ अङ्क हो ।
—————————————-
वृष राशि
वृष राशि भएका व्याक्तिहरुका लागि साउनमा राम्रो रहनेछ फाल्गुन ४ गतेसम्म शनि अनुकुल स्थानमा रहनाले भौतिक सुखमा बढोत्तरी हुनेछ ।
वैदेशिक यात्राबाट पनि सफलता मिल्नेछ ।
फाल्गुन ४ गतेबाट शनिको अढैया रहेको कारण अनावस्यक झुटा आरोप एवं अनावस्यक झमेलामा परिनेछ तर देव गुरु बृहस्पतिले तपाईलाई सत् बुद्धि र उच्च पद प्रतिष्ठा तथा भाग्यमा वृद्धि गराउनेछ ।
शुभ रंग
सेतो, हरियो, र सुन्तला शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ४, ५, ६ र ८ शुभ अङ्क हो ।
————————————————————————————————————————
मिथुन राशी
मिथुन राशी हुने हरुका लागि अधिकांश समय बृहस्पति र शनि सातौ भावमा रहनाले घर परिवारमा मंगल कार्यको योग बन्नेछ । मध्यमाभने केहि उलझन एवं समस्याको सामना गर्नु पर्नेछ । लामो दुरीका लाभदायक यात्राहरू हुनेछन् । नयाँ काम एवं रोजगारको अवसर आउनेछ । साउन पछि बर्षको अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथा गरेको कार्यमा ढिलासुस्ती हुने र चोट पटकको भए रहनेछ ।
शुभ रङ्ग
हरियो, रातो, पहेंलो, र सेतो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ५ र ६ शुभ अङ्क हो ।
———————————————————————————————————————–
कर्कट राशी
कर्कट राशी हुनेहरुकालागी सर्वोत्कृष्ट रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै सन्तान सुखपनि मिल्नेछ । आँटेको र ताकेको काम पूरा हुनेछ । धार्मिक क्षेत्र मा रुचि बढ्नेछ भने मांगलिक कार्य सम्पन्न हुनेछन् । राज्य तथा सामाजिक कार्यमा सफलता मिल्नेछ ।
शुभ रङ्ग
सेतो, निलो, र घ्यूरङ्ग शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ६ ७ र ९ शुभ अङ्क हो ।
———————————————————————————————————————-
सिंह राशी
सिंह राशी हुनेहरुकालागी सामान्य रहनेछ। भाग्य स्थानमा रहेको वृहस्पतिलाई शनि र केतुले बाधा ल्याउनेछन् । धेरै मिहिनेत गरेर थोरै मात्र प्रतिफल मिल्नेछ। देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । ग्रह गोचरको प्रभाव भने सामान्य रहनेछ ।
शुभ रङ्ग
रातो, गुलाबी, पहेंलो र हरियो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, ३, ५, र ९ शुभ अङ्क हो ।
———————————————————————————————————————-
कन्या राशी
कन्या राशीकाहरूका लागि राम्रै रहनेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । मान सम्मान एवं पदोन्नति हुनेछ । वाहन सुख पनि मिल्नेछ । अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई अन्तिम समयमा काम नबन्ने र नराम्रा विचारपनि मनमा आउनेछ तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
शुभ रङ्ग
हरियो, नीलो, रातो र कालो शुभ रङ्ग हो ।
शुभ अङ्क
१,५ र ६ शुभ अङ्क हो ।
———————————————————————————————————————-
तुला राशी
तुला राशीकाहुनेहरूका लागि यो महिना शुभ अशुभ मिश्रीत फल मिल्नेछ । महत्वपूर्ण निर्णय लिनु पूर्व अग्रज जनको सल्लाह लिंदा राम्रो हुनेछ । वर्षको पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो रहनेछ । तुला राशी हुने हरुका लागि फाल्गुन ४ गतेबाट अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झन आई नराम्रा समचार सुन्नमा आउने र देश विदेशको यात्रा हुनेछ । अनावस्यक झमेला आउन सक्छ ।
शुभ रङ्ग
सेतो, पहेंलो, खैरो र हल्कानिलो शुभ रङ्ग हो ।
शुभ अङ्क
४, ५, ६ र ८ शुभ अङ्क हो ।
———————————————————————————————————————
वृश्चिक राशी
साउन महिना वृश्चिक राशी हुनेहरूको लागि निकै राम्रो रहनेछ । भाद्र र आश्विन महिनामा केहि संघर्षको सामना गर्नु परेपनि अरु समयमा सफलता मिल्नेछ । नयाँ योजनालाई कार्यन्वयनलाई ल्याउन सकिनेछ । इच्छा र आकांक्षा पूर्ण हुनेछन् ।
वृश्चिक राशी हुने हरुका लागि फाल्गुन ४ गतेसम्म शनिको अन्त्य साढेसाती रहेको कारण जन्म कुण्डलीमा शनि कमजोर रहने जातक हरूलाई गरेको कार्यमा उल्झन काम बिग्रने समस्या हुन सक्ने र चोटपटकको भयपनि रहनेछ ।
शुभ रङ्ग
सेतो, पहेंलो, गुलाबी र रातो शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ३ र ९ शुभ अङ्क हो ।
———————————————————————————————————————-
धनु राशी
साउन महिना धनु राशी भएका व्याक्तिहरुलाई वृहस्पतिले शुभ फल दिन खोजेपनि शनिग्रहको कारणले शनिको मध्य र अन्त्य साढेसाती रहेको कारण विविध समस्या झेल्नुपर्ने, अन्तिम समयमा आएर काम बिग्रिने, आरोप एवं प्रत्यारोप लाग्ने र शरीरमा आलस्य र मनमा नैरास्यता बढ्नेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको नकारात्मक फल लाग्दैन अत शनिले शुभ फल प्रदान गर्नेछ ।
शुभ रङ्ग
पहेंलो, गुलाबी, खैरो, घ्यूरंग र सुन्तलारङ्ग शुभ रङ्ग हो ।
शुभ अङ्क
२, ३, ५, ७ र ९ शुभ अङ्क हो ।
———————————————————————————————-
मकर राशी
मकर राशी हुनेहरूकालागि धेरै मिहनेत गरेर थोरै मात्र प्रतिफल पाईनेछ । बृहस्पतिले बुद्धिलाई तीक्ष्णता प्रदान गर्नेछ । बृहस्पतिले नै गर्दा ख्याती कमाउने योग बन्नेछ । शनिको साढेसातीको प्रभावले जन्म कुण्डलिमा शनि उच्च तथा स्वगृह, मित्रगृह तथा ३,६,११औं भावमा भए शुभ फल प्राप्त हुनेछ अन्यथा शनि कमजोर हुने जातकहरुकालागि आद्य र मध्य साढेसाती रहेको कारण झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्बहुने तथा चोटपटकको भयपनि रहनेछ ।
शुभ रङ्ग
पहेंलो, हरियो, खैरो र गुलाबी शुभ रङ्ग हो ।
शुभ अङ्क
३, ५, ६, ७ र ८ शुभ अङ्क हो ।
——————————————————————————————————————
कुम्भ राशी
यस महिना कुम्भ राशी हुनेहरूकालागी आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । शान्त मनले बुद्धिको उपयोग गर्नाले जटिला ठानिएको काम सहज बन्नेछ । वृहस्पतिको प्रभावले गर्दा भौतिक सुख तथा वाहन लाभ हुनेछ । फाल्गुन ४ गतेबाट शनिको आद्य साढेसाती रहेको कारणले गर्दा कार्यमा उल्झन आई नराम्रा समचार सुन्नमा आउने र बिदेशको यात्रा गराउनेछ । अरुग्रह गोचर भने सामान्य रहनेछ ।
शुभ रङ्ग
निलो, हरियो, पहेंलो र घ्यूरङ्ग शुभ रङ्ग हो ।
शुभ अङ्क
३, ५, ६, र ८ शुभ अङ्क हो ।
——————————————————————————————————————–
मीन राशि
२०७६ साल मीन राशि भएका व्याक्तिहरुका लागि उत्कृष्ट रहनेछ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले शुभ फल मिल्नुका साथै सन्तान सुख मिल्नेछ । भौतिक सुख तथा आफ्नो अनुकूलताको फलपनि पाईनेछ अतस्अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ र घरमा मांगलिक कार्यको योग समेत रहेको छ । श्रावण र आश्विन महिनामा भने भाग्यमा ह्रास आउनेछ ।
शुभ रङ्ग
रातो, पहेंलो, गुलाबी र सुन्तलारङ्ग शुभ रङ्ग हो ।
शुभ अङ्क
१, २, ३, ७ र ९ शुभ अङ्क हो ।