गुल्मीमा अवस्थित प्रशिद्ध तिर्थस्थल रेसुङ्गामा साउन महिना भरि एक महिना सम्म चल्ने धार्मिक मेला बुधबारबाट सुरु भएको छ ।
रेसुङ्गामा रहेको पोखरीमा स्नान गरेमा पाप नस्ट भई पुण्य प्राती हुने धार्मिक बिस्वास रहेको छ ।
मेला अवधिभर रुद्री, चण्डी , शिव पुजा गरिन्छ ।
रेसुङ्गा धार्मिक , पौराणिक ऐतिहासिक प्राकृतिक रमणिय स्थल हो । रेसुङ्गामा अवस्थित भ्यु टावर बाट
गुल्मी , पाल्पा , अर्घाखाँची , बाग्लुङ्ग लगाएतका जिल्लाका पहाडी श्रृङ्खला र धेरै हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।
समग्र रेसुङ्गा क्षेत्र समुन्द्र सतह देखि ८ सय मिटर देखि २ हजार ३ सय ५० मिटर सम्मको उचाईमा रहेको छ ।
त्रेता युगमा महर्षि ऋष्य श्रृङ्गले साधना गरेको , भगवान श्रीकृण , अर्जुनको कथा किंबदन्ति ,
रुरुक्षेत्रका महषिहरुको बर्षे आश्रय स्थलको रुपमा रेसुङ्गा धार्मिक ग्रन्थमा उल्यख भएको
धार्मिक , पौराणिक ऐतिहासिक प्राकृतिक रमणिय स्थल हो ।
ठुलि एकादसी र साउन महिनामा रेसुङ्गामा श्रद्धालुको घुईचो लाग्ने गर्दछ । धार्मिक पर्यटको उच्च सम्भावना रहेको रेसुङ्गाको
बृद्धि बिकासमा स्थानिय तह , प्रदेश सरकार र संघिय सरकारको प्रयास जारि छ तर धार्मिक पर्यटको उपस्थित उल्यख्य रुपमा बढेको देखिदैन ।