रुपन्देही
साउन २,
सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सडकमा राखिएका बुद्धका मूर्तिमा गएराति तोडफोड भएको छ ।
शंकरनगरचोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडकमा राखिएका ५ वटा बुद्धका मूर्तिमा बुधबार राति तोडफोड भएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
मूर्ति किन र कसले तोडफोड गर्यो भन्ने बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । तिलोत्तमा नगरपालिकाले आफनो क्षेत्रमा पर्ने ६ लेनको सडकमा २२ वटा मूर्ति स्थापना गरेको थियो । एउटा मूर्तिको तौल १ सय १० किलो रहेको छ ।
त्यो सडक भएर यात्रा गर्ने देशी विदेशी पर्यटकहरुलाई लुम्बिनीको झल्को दिलाउन सडक क्षेत्रमा बुद्धका मूर्ति राखिएको नगरपालिकाले बताएको छ ।
यो सडकखण्डको बगैँचा क्षेत्रमा नगरपालिकाले २२ वटा बुद्धमूर्ति राखेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन्। मूर्ति तोडफोडमा संलग्नको पहिचान हुन सकेको छैन।
घटनापछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोली पुगेर अनुसन्धान थालेको छ। बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीको झल्को दिनका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ वटा सुनौला रंगका मूर्ति राखेको थियो।